२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्छि दिदी र चन्द्र केसीविरुद्ध गुल्मी जिल्ला पार्टी खनियो

२०७४, २१ आश्विन शनिबार १०:३०

प्रेम सुनार/असोज २१, गुल्मी । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस गुल्मीलाई असहयोग गरेको भन्दै त्यस पार्टीका पुराना नेता र नेतृ सुवर्ण ज्वारचन (कान्छि दिदी र चन्द्र केसी विरुद्ध सो पार्टीको जिल्ला संगठन सर्वसम्मत ढंगले खनिएको खुलासा कांग्रेस नेताहरुले नै गरेका छन् ।  

तिन दिन अघि नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीको बैठक बसेर कान्छि दिदीले स्थानिय तहको निर्वाचनमा जिल्ला पार्टी संगठनको निर्देशनलाई अटेरी गरेको र  चन्द्र केसीले पार्टी सभापति भुवनप्रसाद श्रेष्ठललाई रेसुङ्गा नगरपालिकाको मेयरमा हराउन लागि परेको ठहर  गर्दै केन्द्रमा उनिहरुको बारेमा ध्यानकृष्ट गराईएको  सभापति श्रेष्ठले आज खुलासा गरेका हुन् ।

‘चन्द्र केसी जीले पदयि दायित्व निर्वाह नगरी मलाई मेयरमा हराउन अन्तर्घातलाई मलजल गरेको र कान्छि दिदीले पार्टी निर्देशन अटेरी गरेकाले उहाँहरुलाई जिल्ला पार्टीले सर्वसम्मत रुपमा केन्द्रको ध्यानकृष्ट गराएको छ ’–सभापति श्रेष्ठले भने । 

हाम्रो थप जिज्ञाषामा श्रेष्ठले थपे –‘  स्थानिय तहको निर्वाचनताका चोरकाटेमा  कान्छि दिदीले भाषण गर्दा माओवादी संग तालमेल गरे क्षेत्रिय सभापति पारिश्वर ढकाल , जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र नेता चन्द्र भण्डारीको हातखुट्टा भाँचेर बडिघाट खोलामा फालि दिन्छु जस्ताा अभिव्यक्ति समेत दिनु भएको सत्य हो ।  चन्द्र केसी जीले मलाई हराउन अन्तर्घात गरेको पाईयो यसर्थ उहाँहरुको असहयोग विरुद्ध  यस्तो निर्णएँ गरिएको हो । ’

केसी र कान्छि दिदी विरुद्ध बहमुत जुटाउन सक्नुले श्रेष्ठ नेतृत्वको जिल्ला पार्टी बलियो रहेछ भन्ने बुझ्न सकिन्छ । सभापति श्रेष्ठ पौड्याल गुटको मानिए पनि केहि वर्षयता सवैलाई मिलाएर लैजानु पर्ने मानसिकतामा देखिएको उनका एक कार्यकर्ताको भनाई छ । केन्द्रिय सदस्य चन्द्र भण्डारी , सभापति श्रेष्ठ र सचिव खिलध्वज पन्थी लगायतको यहाँको ‘हाईकमाण्ड’   वलियो खम्बाको रुपमा  उभिएको यस  निर्णयले स्पष्ट पारेको कार्यकर्ताहरुको प्रतिकृया रहेको छ । 

चन्द्र केसी खुमबहादुर खड्का गुट र कान्छि दिदी शेरबहादुर देउवा गुटमा रहेको कार्यकर्ताहरुको ठम्याँईछ ।  यस सम्वन्धमा नेता चन्द्र केसी संग सम्पर्क राख्दा उनले जिल्ला पार्टीमा उठेका केहि गुनासाहरुलाई लिएर केहि पक्षधरले तिललाई पाहड मात्रै बनाउन खोजेको प्रतिकृया दिए । ‘हरि केसी लगायतले चुनावमा अपेक्षा गरे अनुरुपको सहयोग तपाईले गर्नु भएन जस्ता कुराहरु राखेका थिए । त्यसलाई कार्बाही गरेको भन्दै केहि मिडियाहरुमा आएको समाचारलाई म यसै मिडियाद्धारा खण्डन गर्दछु’ केसीले भने–  पुर्वग्रही र कपोकल्पीत हल्ला फिजाईएको मात्र हो ।’

उनले  २ नम्वर क्षेत्रबाट आफुलाई सभासद उमेदवारका लागि पार्टीले एक  नम्वरमा सिफारिस गरी रहेको र पार्टीमा गुट उपगुट र कुनै मतभेद समेत नरहेको दावि गरे । कान्छि दिदी संग भने सम्पर्क हुन सकेन् ।  सभापति श्रेष्ठले भने वामपन्थी गठवन्धनको चर्चा संगै उमेदवार छनौटमा समेत अन्यौलता छाएकोले केन्द्रको निर्णय कुर्दै बसेको बताए । चन्द्र केसी पुर्व जिल्ला पार्टी सभापति, जिल्ला विकास समितिको सभापति भई  सकेका र अहिले  महासमिति सदस्य हुन् । कान्छि दिदी पनि उनि भन्दा पुरानी नेतृ हुन् । पुर्व वाणिज्य राज्य मन्त्री र चन्द्र केसी कै पालामा उनले जिविस उपसभापति जितेकी थिईन् । 

उनि संघिय तहको निर्वाचनमा एमाले सचिव गोकर्णराज विष्ट संग चुनावी भिडन्तमा होमिदै छन भन्ने चर्चा छ । उता  क्षेत्र नम्वर १ मा एमालेका अर्का सचिव  प्रदिप ज्ञवाली संग चन्द्र भण्डारी भिड्ने चर्चा छ । 

प्रदेशमा भने एमालेका नेता एवं पुर्व सांसद कमलराज श्रेष्ठको नाम बढि चर्चामा छ । उनि संग कांग्रेसबाट श्रीप्रसाद भलामी भिड्ने हुन कि अरु कुनै नेता  हुन ? त्यो भने टुङ्गो लागेको छैन् । चर्चा र सम्भावना बोकेका नेताहरु गत स्थानिय तहको चुनावी खर्चलाई स्मरण गर्दै पैसा खोज्ने चक्करमा लागेको स्थानियहरु बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो