२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कान्छि दिदी र चन्द्र केसीविरुद्ध गुल्मी जिल्ला पार्टी खनियो

२१ आश्विन २०७४, शनिबार १०:३०

प्रेम सुनार/असोज २१, गुल्मी । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस गुल्मीलाई असहयोग गरेको भन्दै त्यस पार्टीका पुराना नेता र नेतृ सुवर्ण ज्वारचन (कान्छि दिदी र चन्द्र केसी विरुद्ध सो पार्टीको जिल्ला संगठन सर्वसम्मत ढंगले खनिएको खुलासा कांग्रेस नेताहरुले नै गरेका छन् ।  

तिन दिन अघि नेपाली कांग्रेस गुल्मी जिल्ला पार्टीको बैठक बसेर कान्छि दिदीले स्थानिय तहको निर्वाचनमा जिल्ला पार्टी संगठनको निर्देशनलाई अटेरी गरेको र  चन्द्र केसीले पार्टी सभापति भुवनप्रसाद श्रेष्ठललाई रेसुङ्गा नगरपालिकाको मेयरमा हराउन लागि परेको ठहर  गर्दै केन्द्रमा उनिहरुको बारेमा ध्यानकृष्ट गराईएको  सभापति श्रेष्ठले आज खुलासा गरेका हुन् ।

‘चन्द्र केसी जीले पदयि दायित्व निर्वाह नगरी मलाई मेयरमा हराउन अन्तर्घातलाई मलजल गरेको र कान्छि दिदीले पार्टी निर्देशन अटेरी गरेकाले उहाँहरुलाई जिल्ला पार्टीले सर्वसम्मत रुपमा केन्द्रको ध्यानकृष्ट गराएको छ ’–सभापति श्रेष्ठले भने । 

हाम्रो थप जिज्ञाषामा श्रेष्ठले थपे –‘  स्थानिय तहको निर्वाचनताका चोरकाटेमा  कान्छि दिदीले भाषण गर्दा माओवादी संग तालमेल गरे क्षेत्रिय सभापति पारिश्वर ढकाल , जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठ र नेता चन्द्र भण्डारीको हातखुट्टा भाँचेर बडिघाट खोलामा फालि दिन्छु जस्ताा अभिव्यक्ति समेत दिनु भएको सत्य हो ।  चन्द्र केसी जीले मलाई हराउन अन्तर्घात गरेको पाईयो यसर्थ उहाँहरुको असहयोग विरुद्ध  यस्तो निर्णएँ गरिएको हो । ’

केसी र कान्छि दिदी विरुद्ध बहमुत जुटाउन सक्नुले श्रेष्ठ नेतृत्वको जिल्ला पार्टी बलियो रहेछ भन्ने बुझ्न सकिन्छ । सभापति श्रेष्ठ पौड्याल गुटको मानिए पनि केहि वर्षयता सवैलाई मिलाएर लैजानु पर्ने मानसिकतामा देखिएको उनका एक कार्यकर्ताको भनाई छ । केन्द्रिय सदस्य चन्द्र भण्डारी , सभापति श्रेष्ठ र सचिव खिलध्वज पन्थी लगायतको यहाँको ‘हाईकमाण्ड’   वलियो खम्बाको रुपमा  उभिएको यस  निर्णयले स्पष्ट पारेको कार्यकर्ताहरुको प्रतिकृया रहेको छ । 

चन्द्र केसी खुमबहादुर खड्का गुट र कान्छि दिदी शेरबहादुर देउवा गुटमा रहेको कार्यकर्ताहरुको ठम्याँईछ ।  यस सम्वन्धमा नेता चन्द्र केसी संग सम्पर्क राख्दा उनले जिल्ला पार्टीमा उठेका केहि गुनासाहरुलाई लिएर केहि पक्षधरले तिललाई पाहड मात्रै बनाउन खोजेको प्रतिकृया दिए । ‘हरि केसी लगायतले चुनावमा अपेक्षा गरे अनुरुपको सहयोग तपाईले गर्नु भएन जस्ता कुराहरु राखेका थिए । त्यसलाई कार्बाही गरेको भन्दै केहि मिडियाहरुमा आएको समाचारलाई म यसै मिडियाद्धारा खण्डन गर्दछु’ केसीले भने–  पुर्वग्रही र कपोकल्पीत हल्ला फिजाईएको मात्र हो ।’

उनले  २ नम्वर क्षेत्रबाट आफुलाई सभासद उमेदवारका लागि पार्टीले एक  नम्वरमा सिफारिस गरी रहेको र पार्टीमा गुट उपगुट र कुनै मतभेद समेत नरहेको दावि गरे । कान्छि दिदी संग भने सम्पर्क हुन सकेन् ।  सभापति श्रेष्ठले भने वामपन्थी गठवन्धनको चर्चा संगै उमेदवार छनौटमा समेत अन्यौलता छाएकोले केन्द्रको निर्णय कुर्दै बसेको बताए । चन्द्र केसी पुर्व जिल्ला पार्टी सभापति, जिल्ला विकास समितिको सभापति भई  सकेका र अहिले  महासमिति सदस्य हुन् । कान्छि दिदी पनि उनि भन्दा पुरानी नेतृ हुन् । पुर्व वाणिज्य राज्य मन्त्री र चन्द्र केसी कै पालामा उनले जिविस उपसभापति जितेकी थिईन् । 

उनि संघिय तहको निर्वाचनमा एमाले सचिव गोकर्णराज विष्ट संग चुनावी भिडन्तमा होमिदै छन भन्ने चर्चा छ । उता  क्षेत्र नम्वर १ मा एमालेका अर्का सचिव  प्रदिप ज्ञवाली संग चन्द्र भण्डारी भिड्ने चर्चा छ । 

प्रदेशमा भने एमालेका नेता एवं पुर्व सांसद कमलराज श्रेष्ठको नाम बढि चर्चामा छ । उनि संग कांग्रेसबाट श्रीप्रसाद भलामी भिड्ने हुन कि अरु कुनै नेता  हुन ? त्यो भने टुङ्गो लागेको छैन् । चर्चा र सम्भावना बोकेका नेताहरु गत स्थानिय तहको चुनावी खर्चलाई स्मरण गर्दै पैसा खोज्ने चक्करमा लागेको स्थानियहरु बताउँ छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४