९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

एमाले ओखलढुंगाले उम्मेदवारको नाम पठायो (नामावलीसहित)

२१ आश्विन २०७४, शनिबार १२:५१

असोज २१, खोटाङ । नेकपा (एमाले) जिल्ला कमिटी ओखलढुंगाले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिश गरेको छ । 

प्रदेशसभा निर्वाचन समन्वय कमिटीको सिफारिशमा जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारको नामावली सिफारिश गरेको हो । 

प्रदेशसभाका लागि प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नं १ मा आर्थिक विभाग प्रमुख अम्बिरबाबु गुरुङ, सचिवालय सदस्य मेखबहादुर खड्का, जिल्ला सचिव शंकरबहादुर कटवाल र सांसद हर्कबोल राईको नाम सिफारिश गरिएको छ । 

समानुपातिकतर्फ उत्तम राई, सांसद शकुन्तला राजभण्डारी, बलबहादुर परियार, मानबहादुर विश्वकर्मा, मेखबहादुर गुरुङ, उर्मिला खतिवडा र सञ्जु श्रेष्ठको नाम सिफारिशमा परेको छ । 

निर्वाचन क्षेत्र नं २ प्रत्यक्षतर्फ अनेरास्ववियुका विदेश विभाग सदस्य अनिता गिरी, टंकलाल गिरी, नानीबाबु बुढाथोकी, तीर्थ सुवेदी र नेत्रप्रसाद भट्टराईको नाम सिफारिश भएका छन् । समानुपातिकतर्फ नरबहादुर कटवाल, रामकुमार अछामी, अम्मता राई, नरेन्द्रकुमार श्रेष्ठ, गणेश कार्की, देवकुमार खड्का र पञ्चबहादुर तामाङको नाम सिफारिश गरिएको प्रचार विभाग प्रमुख तीर्थ सुवेदीले बताउनुभयो । 

प्रतिनिधिसभाका लागि केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज यज्ञराज सुुनुवारको एकल नाम सर्वसम्मत बनाउने प्रयास भए पनि वैकल्पिक केन्द्रीय सदस्य किशोर अधिकारीको दाबी पछि दुवै नाम सिफारिश गरिएको जनाइएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ चम्पा राई, सीताराम गुरुङ, ओम दयाल र युवा संघका नेता फणीन्द्र लुइँटेलको नाम सिफारिश गरिएको छ । 

पार्टीको परिपत्रमा प्रत्येक निर्वाचन क्षेत्रमा अधिकतम तीन/तीन जनाको नाम पठाउन भनिए पनि आकाँक्षी धेरै भएका र गुटबन्दीका कारण जिल्ला कमिटीले धेरैको नाम पठाएको हो । धेरैले राजनीतिक ‘प्रोफाइल’का लागि नाम राख्न दबाब दिए पनि निर्वाचन क्षेत्र नं १ मा अम्बिरबाबु गुरुङ, शंकर कटवाल र हर्कबोल राई सशक्त दाबेदार मानिन्छन् । 

त्यस्तै क्षेत्र नं २ मा पार्टी उपाध्यक्ष नेत्रप्रसाद भट्टराई, नानीबाबु बुढाथोकी र तीर्थ सुवेदी मुख्य दाबेदारका रुपमा देखिएका छन् । कार्यकर्ताले भने राजनीतिमा लामो समय योगदान गर्नुभएका भट्टराईलाई नै उम्मेदवार बनाउन माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा