२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

बाजुरामा तीन दलले उम्मेदवार टुंगो लगाए, को-को परे ? (नामावलीसहित)

२०७४, २१ आश्विन शनिबार १४:३५

असोज २१, बाजुरा । आगामी मंसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेश सभाका लागि राजनीतिक दलहरूले उम्मेदवारको नाम टुंगो लगाएका छन् । 

जिल्लाका तीन ठूला दल नेपाली काँग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका हुन् । 

आगामी मंसिर १० र २१ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेपाली काँग्रेसले बुधबारनै प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । यसैगरी, माओवादी केन्द्रले बिहीबार २७ जना आकांक्षी उम्मेदवारहरूको नाम सिफारिस गरी केन्द्रमा पठाएको पार्टी अध्यक्ष सहदेव बोगटीले बताउनुभयो । 

सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ कर्णबहादुर विकको नाम सर्वसम्मतबाट सिफारिस गरिएको छ । प्रतिनिधिसभामा सर्वसम्मत उम्मेदवार बनेका विक आपूर्ति राज्यमन्त्री हुनुहुन्छ । 

प्रतिनिधिसभाको समानुपातिकतर्फ मनलाल खत्री, भरत बुढालगायतको नाम सिफारिस गरिएको माओवादी केन्द्रले जनाएको छ । यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट सहदेव बोगटी र विनिता विकको नाम सिफारिस गरिएको छ भने समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरिएको छ । 

यसैगरी, प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा पूर्णबहादुर अधिकारी र हिरेन्द्र बाँनियाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा भने आठजनाको नाम केन्द्रमा पठाइएको छ । यसैगरी, नेकपा (एमाले) बाजुराले पनि प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिस गरेको छ । 

एमालेले शुक्रबार प्रतिनिधि सभाका लागि केन्द्रीय सदस्य लालबहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । यसैगरी, समानुपातिकमा दयालबहादुर शाही, मीनबहादुर विष्ट, कासी विक, मनदेवी ओलीलाई सिफारिस गरेको छ । 

एमालेले निर्वाचन क्षेत्र १ मा प्रत्यक्षतर्फ निर्मला रोकाया, पूर्ण बहादुर रावत, वलदेव रेग्मी, राज बहादुर गिरी लगायतको नाम केन्द्रमा पठाएको प्रचार विभाग प्रमुख अमर खड्काले जानकारी दिनुभयो । 

समानुपातिकमा नीरबहादुर शाही, नन्दबहादुर शाहीलगायतको नाम सिफारिस गरिएको छ । प्रदेश सभाका लागि निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ चन्द्रबहादुर थापा, नरेश रोकाया, प्रकाश शाह, भरत थापा र बसुन्धरा रोकायाको नाम सिफारिस गरिएको छ । समानुपातिकमा कर्णबहादुर थापा, कासी नेपाली, रमेश नेपालीलगायतको नाम सिफारिस गरिएको एमालेले जनाएको छ । 

आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि नेकपा (एमाले) र माओवादी केन्द्र आआफ्नै नेताको नाम सिफारिस गरेका छन् । एमाले–माओवादी केन्द्रबीच ६०÷४० को भागबण्डा भएपनि उनीहरूले आआफ्नै उम्मेदवारको नाम पठाएका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से