२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

काँग्रेस सांसद अर्जुन जोशीको टिप्पणी -बाम गठबन्धन कमिलाको प्वाख

२०७४, २२ आश्विन आईतवार ०८:११


 पर्वत . नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद अर्जुनप्रसाद जोशीले बाम गठबन्धनलाई कमिलाको प्वाखको संज्ञा दिएका छन् । काँग्रेस मोदी गाउँपालिकाद्वारा पातिचौरमा शनिबार आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै जोशीले समय आएपछि त्यो प्वाख आफै खस्ने र बामगठबन्धन भताभुङ्ग हुने टिप्पणी गरे । विभिन्न तिकडम र आ–आफ्नै स्वार्थ जोडिएका दल एकठाउँमा आएको नाटक रचिएको मात्रै उनको दाबी छ । ‘आ–आफ्नै स्वार्थ र तिकडम जोडिएका दलले बाम गठबन्धनको नाममा नाटक रचेका छन, त्यो गठबन्धन होइन्, कमिलाको प्वाख हो’ नेता जोशीले भने–‘जब कमिलाको प्वाख समय आएपछि छुट्टिएर कमिला मर्छ, त्यसरी नै गठबन्धन भताभुङ्ग हुने दिन धेरै टाढा छैन ।’

बर्ग, जात, उद्देश्य मिल्ने शक्ति एक ठाउँमा आउनु अन्यथा नभएपनि विभिन्न तिकडम र स्वार्थअनुरुप आ–आफ्नै बाटोमा हिडेका पार्टी एकताको नाम दिनु रहस्यमय भएको बताए । उनले बामगठबन्धनले सबैभन्दा बढी नोक्सान एमाले र सबैभन्दा फाइदा कांग्रेसलाई गर्ने दाबी गरे । ‘निर्वाचनमा तालमेलको कुरा आएदेखि नै भित्रभित्रै तुष बाहिर आउन थालेका छन्’ उनले भने–‘तालमेल भएपनि सबै मत एकअर्का पार्टीलाई नजाने भएका कारण त्यसको फाइदा काँग्रेसलाई हुन्छ ।’ एमालेका अध्यक्ष केपी ओली र माओबादीका अध्यक्ष प्रचण्डले जनतालाई भेडाका रुपमा लिएको भन्दै जनताले उनीहरुको अधिनायकबाद र निरंकुशता बुझिसकेको बताए । उनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा काँग्रेसले तीनै सिट जित्ने दाबी गरे ।

कार्यक्रममा नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले लोकतन्त्र बिरोधीको रुपमा बामगठबन्धन आएको भन्दै त्यसको सबै जनताले समयमै बुझ्नुपर्ने बताए । उनले निरंकुशताको जन्मभएजसरी बामगठबनधन बनेको भन्दै उनीहरुले भनेजस्तै भए कुनैदिन फेरी लोकतन्त्रका लागि सडकमा आउनुपर्ने दिन आउनसक्ने चेतावनी दिए । काँग्रेस पर्वतका सचिव बिश्वप्रकाश प्रसाई र युक्तप्रसाद श्रेष्ठले बामगठबन्धनले काँग्रेसको जीत सुनिश्चित गरेको भन्दै नेता कार्यकर्ता निर्वाचनमा जुट्न आग्रह गरे ।

काँग्रेस मोदी गाउँपालिकाका संयोजक जिवनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा महासमिति सदस्य मिना केसी, पूर्वमहासमिति सदस्य बलभद्र शर्मा, नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष छविलाल तिवारी, काँग्रेस क्षेत्रीय सचिव सुमन तिवारी, मोदी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष गौबहादुर गुरुङ, मोदी–७ राम्जाका सभापति नारायण गौतम, महिला नेतृ बिन्दिु शर्मालगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन नेपाल बिद्यार्थी संघ पर्वतका नेता आरसी पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश