असोज २२, काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज सम्पन्न भएको छ ।&"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असोज २२, काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज सम्पन्न भएको छ ।&"/>

२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह बैठक सम्पन्न

२२ आश्विन २०७४, आईतवार १२:५५


असोज २२, काठमाडौँ । नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेश गर्न दुवै मुलुकद्वारा गठित प्रबुद्ध व्यक्ति समूहको पाँचौँ बैठक आज सम्पन्न भएको छ । 

दुई दिनसम्म यहाँ भएको बैठकमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि, सीमा व्यवस्थापन र सुरक्षा, जलस्रोत, दुवै मुलुकका राष्ट्रिय हितलगायतका विषयमा सौहार्द रुपमा छलफल भएको नेपाली समूहका संयोजक पूर्व परराष्ट्र मन्त्री डा भेषबहादुर थापाले जानकारी दिनुभयो । 

बैठकमा मैत्रीपूर्ण वातावरणमा छलफल भएको बताउँदै संयोजक डा थापाले भन्नुभयो, “शान्ति तथा मैत्री सन्धि यथास्थितिमा नरहने कुरामा हामी आश्वस्त छौँ । दश महिना कार्यकाल बाँकी छ तबसम्म निष्कर्षमा पुग्ने शुभ लक्षण देखिएको छ ।” 

बैठकका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा उहाँले द्विपक्षीय कुनै पनि विषयलाई अध्ययनका आधारमा नयाँ आयाम दिन पहल भइरहेको जानकारी दिनुभयो । 

हवाई मार्गबाट यात्रा गर्ने भारतीय र नेपाली नागरिकलाई परिचयपत्र अनिवार्य रहेको प्रसंग उल्लेख गर्दै संयोजक डा थापाले भन्नुभयो, “स्थलमार्ग भएर आवातजावत गर्न पनि परिचयपत्र आवश्यक पर्ने विषयमा विचारविमर्श भएको छ ।” 

गठन कार्यादेशका आधारमा निष्कर्षमा पुगेर दुवै सरकारलाई सुझाव दिने समूहको जिम्मेवारी हो । त्यही अनुसार सबै बैठकमा छलफल भइरहेको समूहले जनाएको छ । यस बैठकमा सीमा व्यवस्थापन बढी सुरक्षित र सहज बनाउने विषयमा गहन छलफल भएको बताइएको छ । 

बैठकमा नेपाल–भारत जलस्रोत सहयोग एवं उपयोग सम्बन्धमा समीक्षासमेत भएको थियो । नेपाली समूहका सदस्य एवं सांसद डा राजन भट्टराईले सीमा विवाद समाधानका बारेमा समग्रतामा छलफल भएको बताउँदै अन्तर्राष्ट्रिय मान्यताका आधारमा सीमा व्यवस्थापन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

द्विपक्षीय व्यापारलाई सहज बनाउने सम्बन्धमा छलफल भएको बताउँदै सांसद भट्टराईले विद्यमान प्रावधानको समीक्षासहित समस्या समाधानका लागि आवश्यक छलफल भएको जानकारी दिनुभयो । 

समूहको आगामी बैठक नोभेम्बर ११ र १२ मा नयाँ दिल्लीमा बस्नेछ । प्रबुद्ध व्यक्ति समूहको अहिलेसम्म तीन बैठक नेपालमा र दुई बैठक भारतमा सम्पन्न भएका छन् । सन् २०१६ को जुलाईमा पहिलो बैठक बसेको समूहको कार्यकाल दुई वर्ष तोकिएको छ । 

बैठकमा नेपाली समूहका संयोजक थापा, सांसद भट्टराई, पूर्वमन्त्री नीलाम्बर आचार्य र पूर्वसचिव सूर्यनाथ उपाध्याय हुनुहुन्थ्यो भने भारतीय समूहका संयोजक एवं भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, प्राध्यापकद्वय महेन्द्र पी लामा र भुवनचन्द्र उप्रेती हुनुहुन्छ । भारतीय समूहका एक सदस्य जयन्तप्रसाद भने अनुपस्थित हुनुहुन्थ्यो । 

द्विपक्षीय सम्बन्धका साथै नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र अन्य सन्धि सम्झौताको नवीकरण, तिनको परिमार्जन र सुधारका निम्ति सुझाव दिन प्रबुद्ध व्यक्ति समूह गठन गर्न दुवै मुलुकका प्रधानमन्त्रीबीच सहमति भए अनुसार समूह गठन भएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता