२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पार्टी एकता भन्नु नै माओवादी केन्द्र विघटन हुनु हो: प्रचण्ड

२०७४, २३ आश्विन सोमबार ०८:२३

असोज २३, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ राजनीतिक संस्कार स्थापना गरी मुलुकको आर्थिक र सामाजिक विकासका लागि नै कम्युनिस्ट पार्टीबीच एकता हुन लागेको बताउनुभएको छ । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपालको केन्द्रीय स्कुलिङ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्तिबीच हुने पार्टी एकताले नयाँ विचारसहितको पार्टी बनाउने बताउनुभयो । 

उहाँले भन्नुभयो, “पार्टी एकता भन्नु नै एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको विघटन हो । पुरानै अवस्थामा कोही पनि रहँदैनन् । नयाँ आधारमा नयाँ पार्टी बनाउने कुरा हो ।” पार्टी एकता भन्नु नै माओवादी केन्द्रको विघटन भएको उहाँको भनाइ थियो । 

अध्यक्ष दाहालले विगतको आफ्नो पार्टी हिजो मोटो मशाल विघटन नभएको भए एकता–केन्द्र बन्ने थिएन, एकता–केन्द्र विघटन नभएको भए माओवादी बन्ने थिएन भन्दै समयको मागअनुसार पार्टी बन्ने र एकीकृत हुने भएकाले यसलाई अन्यथारुपमा नलिन आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “हामी विघटन हुँदैहुँदै माओवादी केन्द्रसम्म आयौँ, त्यसले नेपालमा गणतन्त्र र संघीयता सम्भव भयो । अब यसलाई अब बन्ने पार्टीले देशमा समाजवादी क्रान्ति सम्भव छ । हामी सो दिशामा केन्द्रित छौँ ।” 

उहाँले समाजवादी क्रान्तिको अभिभारा पूरा गर्न विशाल शक्ति सञ्चयका लागि वाम तालमेल र एकताको प्रयास थालिएको बताउँदै यो एकताले देश परिवर्तका लागि ठूलो तागत सिर्जना हुने दाबी गर्नुभयो । राजनीतिक पार्टी पोखरी जस्तोे जमेर बस्यो भने क्रान्तिको प्रवृत्ति सकिने भन्दै उहाँले जोखिम मोल्न र चलायमान बन्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

अध्यक्ष दाहालले भन्नुभयो, “अबको नयाँ क्रान्तिको शुरुवात तपाईं हामीले गर्ने हो, जमेको पोखरी जस्तो बनेर हुँदैन ।” माओवादी एमालेमा विलय भयो भन्ने बजार हल्लाको पछाडि नलाग्न अनुरोध गर्दै प्रचण्डले एमाले नै गणतन्त्र, संघीयता, धर्म निरपेक्षताजस्ता माओवादीका मुद्दा सुदृढ गर्न लागिपरेको स्पष्ट पार्नुभयो ।

उहाँले थप स्पष्ट पार्दै भन्नुभयो, “पार्टी एकता माओवादीको एमालेकरण र एमालेको माओवादीकरण होइन । यो नयाँ आधारमा पार्टी बनाउने विषय हो ।” 

कार्यक्रममा माओवादीका नेता वर्षमान पुनले पार्टी एकता हुने विषयलाई सकारात्मकरुपमा अगाडि बढाएर देश र जनताको मन जित्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले कुनै पनि दुविधा नराख्न र पार्टीलाई गतिशील र प्रभावकारी बनाउन युवा शक्ति लाग्नुपर्नेमा जोड दिनुभयो । 

वाइसिएलका इञ्चार्जसमेत रहनुभएका नेता मणि थापाले आगामी निर्वाचन सफल बनाउन युवा शक्तिको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो । 

वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाले निर्वाचन सफल बनाउन र वाम एकतालाई तार्किक निष्कर्षमा पु¥याउन आफूहरु प्रतिबद्ध भएर लागेको र प्रक्रियासमेत शुरु भइसकेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से