२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

सकियो दुधकोसी पुल ढलान, मंसिर पहिलो सातावाट गाडी गुडाउँन सकिने

२०७४, २३ आश्विन सोमबार ०९:४६

चिसाङ शेर्पा/असोज २३, खोटाङ । खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोसी पुलको मेन ढलानको काम समापन भएको छ । 

गत बुधवारवाट सुरु भएको ढलान सोमवार सम्पन्न भएको हो । मेन ढलान समापन भएसंगै खोटाङवासीमा उत्साह छाएको छ । मंगलवारदेखी पुलको दायाँवायाँमा रहेको फुटपातमा फर्मा भरिने र बुधवार एकै दिनमा फुटपात ढलान गरि सकिने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साईड ईन्जिनियर सिताराम कार्कीले बताउनुभयो  । 

कार्कीले भने ‘फुटपात ढलानसंगै क्युरिङ गर्दै २८ दिन सुकाउनु पर्दछ । क्युरिङ पिरियडमा  पुलको दायाँ एक सय र वायाँ एक सय गरी दुई सय मिटर एप्रोज रोड तयार भइसक्ने र त्यसपछि पुलमा गाडी गुडाउँन सकिने छ ।’ 

सम्झौता म्याद नाघेको ५ वर्षपछि मेन ढलान समापन भएको पक्की पुलमा मंसिर पहिलो सातावाट गाडी गुडाउँन सकिने ठेकेदार कम्पनीले जनाएको छ ।


बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा ०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको थियो । 

करिब १० करोडको लागतमा पूरा हुने भनिएको दुधकोसीको पक्की पुल निर्माणले खोटाङे जनताहरु ठूलो आशा जगाएको छ । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले गाबिस जोड्ने जयरामघाटको पुल जिल्लाको प्रमुख नाका हो ।



 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से