२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी केन्द्र गुल्मीले छान्यो उमेदवारहरु (सुचिसहित)

२०७४, २४ आश्विन मंगलवार ०८:०६

प्रेम सुनार/असोज २४, गुल्मी । संघिय र प्रदेश सभा निर्वाचनका लागि माओवादी केन्द्र गुल्मीको उमेदरवार छनौट प्रकृया टुङ्गिएको छ । 

आईतवार साँझ सो पार्टीको ५ नम्वर प्रदेश कार्यालयले सवै तहका उमेदवारको छनौट टुङ्गाएर गुल्मी जिल्ला पार्टी कार्यालयलाई पठाएको जिल्ला संयोजक विरबहादुर कार्की (चाहल) ले जानकारी दिए । प्रदेशबाट प्राप्त पत्र अनुसार  प्रतिनिधी सभा सदस्यका लागि प्रत्यक्ष तर्फ केन्द्रिय सदस्य बुद्धिबहादुर जिसी उमेदवार छनौट भएका छन् । 

संघकै समानुपातिक उमेदवारमा वहालवाला सांसद सिर्जना तरामु र जिल्ला संयोजक विरबहादुर कार्की छनौट भएका छन् ।  

गुल्मी क्षेत्र नम्वर १ को ‘ क ’ नम्वर प्रदेश सभा सदस्यमा प्रत्यक्ष तर्फ पुर्व सांसद तथा सो पार्टीका पोलिटव्युरो सदस्य सुदर्शन वरालले उमेदवारी पाएका छन् ।  त्यस प्रदेशको समानुपातिक सदस्य उमेदवारहरुमा चित्रबहादुर केसी, सुमित्रा क्षेत्री, तेजेन्द्र सलामी मगर र दुर्गाप्रसाद ढकाल परेका छन् । 

१ नम्वर क्षेत्रको प्रदेश ‘ ख ’ को प्रत्यक्ष तर्फ क्रमश लोकनाथ पाण्डे र रामचन्द्र कँडेल प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् । त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः गीता थापा, शेरबहादुर सर्तुङ्गे, मनिराम ज्ञवाली  र सुनिता ठडराई  परेका छन् ।

यता क्षेत्र नम्वर २ को  ‘क’ नम्वर प्रदेशको प्रत्यक्ष तर्फ खुमबहादुर थापा र भुवन केसीले प्रदेश सभासदको उमेदवारी पाएका छन् ।  त्यस प्रदेशको समानुपातिक सभासद उमेदवारमा क्रमशः राधिका खरेल, भुवन सुनार, धर्म बिक र तिलक महत परेका छन् । 

क्षेत्र नम्वर २ कै ख नम्वर प्रदेश सभसाद उमेदवारको टिकट सो पार्टीका जिल्ला ईञ्चार्ज तथा पोलिटव्युरो सदस्य दिनेश पन्थी र केन्द्रिय सदस्य रिज्जु श्रेष्ठले पाएका छन् । त्यस प्रदेशको समानुपातिक सदस्यको उमेदवार क्रमशः  निमबहादुर पाण्डे। उषा बुढा मगर, विनिता पोखरेल र सुर्य बुढा मगरले पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश