९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाम एकता काँग्रेस लागि हानिकारक भयो: भिम रावल

२४ आश्विन २०७४, मंगलवार ०८:२५

दिनेश ठकुल्ला/असोज २४, धनगढी । एमाले उपाध्यक्ष भिम रावलले बाम एकता देश र लोकतन्त्रका लागि नभई सत्तारुढ दल काँग्रेस लागि हानिकारक हुने टिप्पणी गर्नुभएको छ । 

एमाले प्रदेश नम्बर ७ का निर्णयहरु सार्वजनिक गर्न मगलवार विहान प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमाले ७ नम्बर प्रदेशका सयोजक समेत रहनुभएका रावलले यस्तो टिप्पणी गर्नुभएको हो । 

एमाले, माओवादी केन्द्र र नया शक्ति नेपाल पार्टीविच प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गठबन्धन बनाएर लडने र लगत्तै पार्टी एकिकरण गर्ने सहमति भएपछि काग्रेस लगायतका दलहरुले बाम गठबन्धन देश र लोकतन्त्रका लागि हानिकारक रहकोभन्दै आलोचना गरिरहेका बेला पूर्व उपप्रधानमन्त्री समेत रहनुभएका रावलको यस्तो टिप्पणी आएको हो । 


उपाध्यक्ष रावलले बाम एकताले मुख्य गरि सत्तारुढ दल आत्तिएको बताउनुभयो । बाम एकताको आलोचना गर्नूभन्दा पनि अन्यदलसग गठबन्धन बनाएर अगाढी बढन पनि रावलले काग्रेसलाई आग्रह गर्नुभयो । 

सत्तासाझेदार दल माओवादी केन्द्रले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसग चुनावी तालमेल लगत्तै पार्टी एकीकरण गर्ने सहमतिपछि चिढिएको काग्रेसले हाल कायम रहेका माओवादी केन्द्रका मन्त्री हटाएर सरकार पुर्नःगठन गर्ने हल्ला चलिरहेको भन्दै रावलले उक्त कुरा हास्यास्पद र आश्चर्यजनक रहेको बताउनुभयो । 

उहाँले चुनावको मुखमा आएर सरकार पुर्नःगठन र चुनाव सारिए आफुहरुलाई सह्य नहुने बताउनुभयो । अर्को प्रसङमा बौल्दै राववले पार्टीले जुन क्षेत्रको उम्मेद्वार बनाउछ, त्यही त्यही क्षेत्रबाट चुनाव लडने बताउनुभयो । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रावलको नाम कैलाली क्षेत्र नम्बर २ र अछाम क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएको छ । 

असोज २२ र २३ गते बसेको प्रदेश कमिटिको बैठकले एमाले, माओवादी केन्द्र र नयाशक्ति पार्टीविच भएको सहमतिको स्वागत गर्नुका साथै गठबन्धनका उम्मेद्वारलाई जिताउन सम्पूर्णलाई आग्रह गरेको छ । 

बैठकले ७ नम्बर प्रदेशबाट प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेद्वारको नामावली पनि केन्द्रमा सिफारिस गरेको छ भने निर्वाचनको मिति नसार्न सरकारसग माग गरेको छ । 

यसका साथै राजेश भण्डारी र नन्दलाल चटौतलाई प्रदेश सगठनको सदस्यमा सिफारिस गर्नुका साथै नरेन्द्र बस्नेत र विष्णु बहादुर सिहलाई प्रदेश सल्लाहाकार कमिटिको सदस्यमा मनोनयन गरेको छ । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो