२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मेयरमा हारे पनि प्रदेशमा जित्छु: खुमबहादुर थापा

२४ आश्विन २०७४, मंगलवार ०८:४९

प्रेम सुनार/असोज २४, गुल्मी । स्थानिय तहको निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिकाको मेयरमा पराजित नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खुमबहादुर थापाले गुल्मी क्षेत्र नम्वर २ को ‘क’ प्रदेशमा प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यका लागि टिकट पाएका छन् । 

सो पार्टीको ५ नम्वर प्रदेशबाट हिजो साँझ मात्र सवै तहका उमेदवारहरुको छनौट टुङ्गाएर पठाएको लिष्टमा थापा पनि प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् ।

द्धन्द्धकाल देखि पुर्णकालिन सदस्य रहेका थापा एमाले  र कांग्रेसको वाहुल्य रहेको  मुसिकोट नगरपालिकाको मेयरमा पराजित भए पनि सम्मान जनक मत ल्याएका थिए ।  जनयुद्धकालमा गुल्मीका विभिन्न तत्कालिन ईलाकाहरुको कमान्ड सम्हालेका थापाले शान्ति प्रकृया पछि पार्टीको तर्फबाट यहाँको शैक्षिक क्षेत्रको नेतृत्व  समेत सम्हाल्दै आएका छन् । 

‘स्थानिय तहको निर्वाचनमा त्यति वेला पार्टी संगठनको अवस्था कम्जोर भएकोले मैले हार्नु स्वभाविक थियो’  थापाले भने–‘ तर अहिले  संगठन पनि बनेको छ र अन्य राजनैतिक दलहरुबाट पनि मैले समर्थन पाउने छु र यहाँका जनताले दल भन्दा पनि कुशल नेतृत्व चुनेर जिताउने छन भन्ने अपेक्षा लिएको छु ।’


सो नगरपालिका –३, साविकको वडागाउँ ७ चौर निवासी थापालाई त्यस क्षेत्रको मोटरवाटो र शैक्षिक संस्थाको विकासमा अन्य राजनैतिक दलहरु संग पनि सहकार्य गर्दै अगाडी बढेका त्यस क्षेत्रका युवा नेता हुन् ।  तस्वीरः खुमबहादुर थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४