२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मेयरमा हारे पनि प्रदेशमा जित्छु: खुमबहादुर थापा

२०७४, २४ आश्विन मंगलवार ०८:४९

प्रेम सुनार/असोज २४, गुल्मी । स्थानिय तहको निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिकाको मेयरमा पराजित नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य खुमबहादुर थापाले गुल्मी क्षेत्र नम्वर २ को ‘क’ प्रदेशमा प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यका लागि टिकट पाएका छन् । 

सो पार्टीको ५ नम्वर प्रदेशबाट हिजो साँझ मात्र सवै तहका उमेदवारहरुको छनौट टुङ्गाएर पठाएको लिष्टमा थापा पनि प्रत्यक्ष तर्फ प्रदेश सभा सदस्यको उमेदवारमा परेका छन् ।

द्धन्द्धकाल देखि पुर्णकालिन सदस्य रहेका थापा एमाले  र कांग्रेसको वाहुल्य रहेको  मुसिकोट नगरपालिकाको मेयरमा पराजित भए पनि सम्मान जनक मत ल्याएका थिए ।  जनयुद्धकालमा गुल्मीका विभिन्न तत्कालिन ईलाकाहरुको कमान्ड सम्हालेका थापाले शान्ति प्रकृया पछि पार्टीको तर्फबाट यहाँको शैक्षिक क्षेत्रको नेतृत्व  समेत सम्हाल्दै आएका छन् । 

‘स्थानिय तहको निर्वाचनमा त्यति वेला पार्टी संगठनको अवस्था कम्जोर भएकोले मैले हार्नु स्वभाविक थियो’  थापाले भने–‘ तर अहिले  संगठन पनि बनेको छ र अन्य राजनैतिक दलहरुबाट पनि मैले समर्थन पाउने छु र यहाँका जनताले दल भन्दा पनि कुशल नेतृत्व चुनेर जिताउने छन भन्ने अपेक्षा लिएको छु ।’


सो नगरपालिका –३, साविकको वडागाउँ ७ चौर निवासी थापालाई त्यस क्षेत्रको मोटरवाटो र शैक्षिक संस्थाको विकासमा अन्य राजनैतिक दलहरु संग पनि सहकार्य गर्दै अगाडी बढेका त्यस क्षेत्रका युवा नेता हुन् ।  तस्वीरः खुमबहादुर थापा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से