२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्छः प्रधानमन्त्री

२४ आश्विन २०७४, मंगलवार ०९:३८

असोज २४, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय अभिलेखालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय अभिलेखालयको स्वर्णाेत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालको एक मात्र आधिकारिक अभिलेख राख्ने केन्द्र अभिलेखालयको भवन सर्वोच्च अदालतले लिनलाई ताकेता गरेका विषयमा आफूले कुरा गर्ने र निष्कर्ष निकाल्ने बताउनुभयो । कार्यालयका महत्वपूर्ण मानिएका २५ वर्ष पुगेका अभिलेख अभिलेखालयलाई बुझाउनुपर्ने कार्यलाई समेत प्रभावकारी रुपमा कार्यान्वयन गर्न प्रधानमन्त्री देउवाले सबैलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्रीले भन्नुभयो, “इतिहास, धर्म, दर्शन, हस्तलिखित ग्रन्थ कम्युटर माइक्रोफिल्मको माध्यमबाट अभिलेख व्यवस्थापन जस्तो महत्वपूर्ण कुराको संरक्षण जरुरी छ ।” 

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको अभिलेख स्वदेशी तथा विदेशीको अध्ययनका लागि महत्वपूर्ण भएको बताउनुभयो । 

अभिलेखालयलाई स्थानान्तरण गर्दा महत्वपूर्ण ग्रन्थ वा दस्तावेज नष्ट हुने हुनाले हाल भइरहेको ठाउँमा नै राख्नका लागि पहल भइरहेको बताउँदै उहाँले त्यसका लागि मन्त्रालयले पहल गर्ने आश्वासन दिनुभयो । 

अभिलेखालयका महानिर्देशक भेषनारायण दाहालले एक ठाउँबाट अर्को ठाउँमा अभिलेख सार्दा ९० प्रतिशत क्षति हुने सम्भावना भएको हुँदा सोही ठाउँमा राख्न उपयुक्त हुने बताउनुभयो । 

शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले अभिलेखालयकै लागि भनेर निर्माण गरिएको भवन भएको हुँदा अरु ठाउँमा सार्न नहुने र यसको सुरक्षार्थ सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । 

अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले सातौं शताब्दीदेखिका महत्वपूर्ण र ऐतिहासिक दस्तावेजका साथै विश्वकै प्रसिद्ध र दुर्लभ दस्तावेजसमेत अभिलेखालयमा रहेको जानकारी दिनुभयो । 

राष्ट्रिय अभिलेखालय सरकारका विभिन्न निकायले कार्य सञ्चालनका क्रममा सिर्जना गर्ने राष्ट्रिय महत्वका दस्तावेजको संरक्षण तथा व्यवस्थापन गर्ने उद्देश्यले २०२४ साल असोज १७ गते स्थापना भएको हो । 

अभिलेखालयमा विश्वमा नै दुर्लभ प्राचीन ग्रन्थ सुरक्षित छन् । इसं ८१० को स्कन्दपुराण, युनेस्को ‘मेमोरी अफ द वल्र्ड’ रजिष्ट्ररमा सूचीकृत शैवतन्त्रको ग्रन्थ ‘निश्वासतत्तवसंहिता’, शारदा लिपिमा लेखिएको बौद्धदर्शनको ग्रन्थ ‘कारण्डब्यूह’, गिल्गीट लिपिमा लेखिएको ‘सद्धर्मपुण्डरीकसूत्र’, ‘शिवधर्म’, ‘विष्णुधर्म’ आदि अभिलेखालयमा छन् । 

त्यस्तै ताडपत्र, भोजपत्र, नीलपत्र, ठ्यासफू, नेपाली कागज, भारती कागज जस्ता विविध हस्तलिखित सामग्री सुरक्षित छन् । संस्कृत, पाली, मैथिली, नेवारी, तिब्बती आदि भाषामा लेखिएका ग्रन्थ तथा तन्त्र, दर्शन, इतिहास, वेद, कर्मकाण्ड आदि गरी अभिलेखालयमा ३० हजार हस्तलिखित ग्रन्थका मूलप्रति, करिब २० हजार अभिलेख, करिब आठ हजार तिब्बती ग्रन्थ, एक लाख ८० हजार माइक्रोफिल्म प्रति र करिब १२ हजार प्रकाशित पुस्तक छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता