२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनको मुखमा अप्रिय निर्णय नलिन आयोगको आग्रह

२४ आश्विन २०७४, मंगलवार ०९:४१

असोज २४, धुलिखेल । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी मंसिरमा हुने निर्वाचनलाई अप्रिय हुने कुनै निर्णय नगर्न सरकारसँग आग्रह गर्नुभएको छ । 

मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतका लागि सञ्चालित निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी दुईदिवसीय तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले आयोग निर्वाचनको व्यवस्थापन तथा तयारी जोडतोडका साथ अघि बढिसकेको हँुदा निर्वाचनलाई अप्रिय हुने खाले निर्णय नलिन आग्रह गर्नुभएको हो । 

डा यादवले भन्नुभयो, “निर्वाचनको मिति जति नजिकिँदै आइरहेको छ, राजनीतिले हामीलाई त्यति नै अप्ठेरो महसुस गराइरहेको छ, के–कसो हुन्छ भन्ने अवस्था रहेको छ, निर्वाचनको मुखमा आएर अप्रिय किसिमको निर्णय भएमा आयोगलाई अप्ठेरो हुन्छ ।” 

उहाँले कानून, नियम र निर्देशिकालाई अन्तिम रुप दिइसकिएकाले कहीँ कतैबाट पनि निर्वाचनमा कुनै किसिमको व्यवधान नआओस् भन्नुभयो । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक दुई चरणमा गर्ने काम निकै कठिन र चुनौतीपूर्ण रहे पनि त्यसलाई स्वीकारेर आयोग अघि बढिरहेको बताउँदै डा यादवले जसरी भए पनि निर्वाचन जितेर माथि पुग्ने र त्यसपछि मतदातालाई बेवास्ता गर्ने प्रवृत्ति नदेखाउन राजनीतिक दल र उम्मेदवारलाई सल्लाह दिनुभयो । 

निर्वाचनमा खटिने कर्मचारीले राजनीतिक आस्थाका आधारमा कसैप्रति आग्रह वा पूर्वाग्रही नभई निर्भीक, स्वच्छ र स्वतन्त्र भएर काम गर्न निर्देशन दिँदै डा यादवले कार्यसम्पादन गर्दा निर्वाचनको मूल्य र मान्यतालाई जुनसुकै अवस्थामा आँच आउन नदिनेतर्फ हेक्का राख्न सुझाव दिनुभयो । 

सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले इतिहासले दिएको निर्वाचनको जिम्मेवारीलाई तोकिएकै समयमा पूरा गर्न आयोग दृढ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “निर्वाचनमा खटिने सबैको कार्यसम्पादन उत्कृष्ट होस्, वैकल्पिक व्यवस्था गर्नुपर्ने अवस्था नआओस्, निर्वाचनलाई सफल तुल्याउने गरी दृढ इच्छाशक्तिसहित काम गर्नुस् । समन्वय र सहमति कायम गरेर काम गर्नुस् ।” 

निर्वाचन आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले पुनःनिर्वाचन गर्ने अवस्था सिर्जना नगर्न तथा समस्याको समाधान स्थानीय तहमै गर्न सुझाव दिनुभयो । 

संयुक्त राष्ट्रसंघीय निर्वाचन सहायता परियोजना निर्देशक भिनसेन्ट क्रुजले स्थानीय तहको निर्वाचन ऐतिहासिक रुपमा सफल भएकामा बधाई ज्ञापन गर्दै आगामी निर्वाचनको सफलताको कामना गर्नुभयो । 

आयोगका सहसचिव नवराज ढकालले नेपालको संविधान कार्यान्वयनका सन्दर्भमा भइरहेका निर्वाचनको ऐतिहासिक जिम्मेवारी र संकल्प पूरा गर्न आयोग दृढ रहेको बताउनुभयो । 

काभ्रेपलाञ्चोकका प्रजिअ शिवप्रसाद सिंखडाले प्रमुख कार्यभारका रुपमा रहेको आगामी निर्वाचनलाई सफल तुल्याउन सबै पक्षबीच समन्वय र सहयोग हुन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । 

उक्त प्रशिक्षणमा प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र सर्वाेच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी र उपमहालेखा परीक्षक बाबुराम गौतमले आचारसंहिताको पालना, आर्थिक अनुशासन र पारदर्र्शिताका विषयमा आज प्रशिक्षण दिनुभएको थियो । 

प्रशिक्षणमा ७७ जिल्ला न्यायाधीश, नौ न्यायाधीश र न्यायसेवाका द्वितीय श्रेणीका अधिकृतको सहभागिता छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य