२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोरम अध्यक्ष उपेन्द्र यादव सिरहाबाट सिफारिस

२०७४, २४ आश्विन मंगलवार ०९:५८

असोज २४, लहान । संघीय समाजवादी फोरम नेपालले आगामी मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं १ बाट पार्टी अध्यक्ष उपेन्द्र यादवको सिफारिस गरेको छ । 

फोरमको क्षेत्रीय कार्यसमितिको निर्णयानुसार पार्टी अध्यक्ष यादवको नाम सिरहा क्षेत्र नं १ बाट सिफारिस भएको फोरमका केन्द्रीय सदस्य सत्यनारायण यादवले जानकारी दिनुभयो । सिरहा १ बाट अध्यक्ष यादवसहित केन्द्रीय सदस्य सत्यनारायण यादव, सरिता गिरी र राजलाल यादवको नामसमेत सिफारिस गरिएको छ । 

यस्तै फोरमले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सिरहा क्षेत्र नं २ बाट पार्टी केन्द्रीय कोषाध्यक्ष विजय यादव र शत्रुघ्न महतो कोइरी, क्षेत्र ३ बाट अशेश्वर यादव र कोइरी तथा क्षेत्र नं ४ बाट डा वीरेन्द्र महतो र शीतल महतोको नाम सिफारिस गरिएको केन्द्रीय सदस्य सत्यनारायण यादवले बताउनुभयो । 

त्यस्तै प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं १ (क) बाट वैधनाथप्रसाद साह, जीतेन्द्रप्रकाश महतो र श्यामकुमार गुप्ता तथा क्षेत्र नं १ (ख) बाट राजकुमार गुप्ता, प्रयागलाल यादव र जीतेशकुमार यादवको नाम सिफारिस गरिएको छ । 

प्रदेशसभा निर्वाचनका लागि सिरहा क्षेत्र नं २ (क) बाट डोमी साह, विनोदकुमार यादव, अजय यादव र भागवत यादव तथा २ (ख) बाट निर्मला यादव र आनन्दकुमार महतोको नाम सिफारिस गरिएको जनाइएको छ । 

क्षेत्र नं ३(क) बाट मनोजकुमार सिंह र राजकुमार सिंह तथा ३ (ख) बाट मनोरञ्जन गोइतको नाम सिफारिस गरिएको छ । त्यस्तै क्षेत्र ४ (क) बाट विष्णुकुमार साह, विष्णुदेवकुमार महतो र हरेराम यादवको सिफारिस गरिएको छ । क्षेत्र ४ (ख) बाट अमरकुमार साह, विजयकुमार र दिलीपकुमार यादवको नाम सिफारिस गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । 

यसअघि आइतबार नेकपा (एमाले )सिरहा क्षेत्र नं १ ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि अध्यक्ष केपी शर्मा ओलीको नाम सिफारिस गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से