काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपाल"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

ओलीको आदेश , देवी ज्ञवाली को वाध्यता ! मत पत्र च्यात्ने लाइ आफ्नै जिल्ला बाट कसरि भोट माग्नु ?

२४ आश्विन २०७४, मंगलवार १२:४४

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बोली फेरेका छन् । ओलीले सोमबार कान्तिपुर टेलिभिजनसँगको अन्तर्वार्तामा सबै विर्सिदै चितवनका नेता कार्यकर्ताको मन दुखाउने अभिव्यक्ति दिएका छन् । ओलीको यस्तो अभिव्यक्तिबाट सबैभन्दा बढी चोट भतरपुर महानगरपालिकाका मेयर उम्मेदवार देबी ज्ञवालीलाई परेको छ ।


माओवादी केन्द्रसँग वाम गठबन्धनपछि ओलीले चितवन क्षेत्र नम्बर ३ बाट लड्न लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका लागि देबी ज्ञवालीले चुनावी प्रचार गर्ने र भोट हाल्ने अभिव्यक्ति दिएका हुन् । क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिका पर्छ । यहाँ कांग्रेससँग मिलेर प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताइ छाडेका थिए ।


अनेकन जालझेल गरी आफूलाई हराएका प्रचण्ड र रेणु दाहालसँग निकै असन्तुष्ट रहेका देबी ज्ञवाली आफूमाथि भएको अन्याय सहदै पार्टीका लागि फेरि मिल्नुपर्ने अवस्था आएपछि उनीमाथि चोट परेको हो ।  ‘हिजो हाम्रो अपमान गर्ने प्रचण्ड र रेणु दाहालको पार्टीलाई कुनै हालतमा भोट हालिदैन्’ भन्दै कार्यकर्ताहरु आक्रोश पोखिरहेका छन् ।


कार्यकर्ताले आक्रोश पोखेपनि देबी ज्ञवाली भने अध्यक्ष ओलीको अभिव्यक्तिले चेपुवामा परेका छन् । दुश्मनभन्दा खराब सम्बन्ध रेणु र प्रचण्डसँग रहेका बेला प्रचण्डकै चुनाव प्रचार प्रसार गर्ने अवस्था आएपछि उनलाई तनाब भएको उनी निकटस्थहरु बताउँछन् ।


कान्तिपुर टेलिभिजनको सोमबार फायर साइड कार्यक्रममा पत्रकार भुषण दाहालले ओलीलाई सोधे– प्रचण्ड चितवनबाट चुनाव लड्ने कुरा गर्दै हुनुहुन्छ, देवी ज्ञवालीले प्रचण्डको चुनाव प्रचार गरिदिने हो ?


ओलीले भुषण दाहालको प्रश्नको जबाफ दिदैँ भने- ‘राजनीतिमा यो कुरा सामान्य हो । यस्तो भइरहन्छ ।’ उनले राजनीतिमा यसो हुनुलाई सामान्य कुरा भएको बताए ।


ओलीलाई आफ्नो र पार्टीको स्वार्थका लागि यो राम्रो लागेपनि हिजोका दिनमा प्रचण्ड र रेणु दाहालबाट अपमानजनक व्यवहार खेपेका, जित्दाजित्दै पनि हराइएका देबी ज्ञवालीको मन भने पक्कै पनि रोएको हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो