काठमाडौं । भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौं । भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

देवी ज्ञवालीले एमाले छाड्ने ! कुन पार्टीमा प्रवेश गर्लान् ?

२०७४, २५ आश्विन बुधबार ०२:२६

काठमाडौं । भरतपुर महानगरपालिका पराजित मेयर देवी ज्ञवालीले एमाले पार्टी परित्याग गर्ने योजना बनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच भएको वाम गठबन्धन र पुष्पकमल दाहाल चितवनबाट निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारी भएपछि ज्ञवालीले एमाले परित्याग गर्ने तयारी गरेका हुन् । उनले आफू निकटका एमाले नेताहरूसँग प्रचण्डसँग एउटै पार्टीमा बस्न नसक्ने सुनाएका छन् ।

‘मलाई हराउन प्रचण्डले कांग्रेससँग मिलेर ठूलो षड्यन्त्र गरे’, ज्ञवालीको भनाइ उदृत गर्दै एमाले चितवनका एकजना पदाधिकारीले भने, ‘प्रचण्डको पक्षमा मत माग्नुभन्दा बरु एमाले पार्टी नै छाडेर स्वतन्त्र रुपमा बस्छु ।’

प्रचण्डले आफ्नी छोरी रेणु दाहाललाई जिताउनका लागि नेपाली कांग्रेससँग तालमेल र जालझेल गरेर ज्ञवालीलाई पराजित गराएका थिए ।

भरतपुर महानगरपालिकाको मेयरमा जितेर पनि हारेका ज्ञवालीले माओवादी केन्द्रलाई कुनै पनि हालतमा आफूले सहयोग गर्न नसक्ने बताउँदै आएका छन् ।

प्रचण्ड चितवनमा प्रतिस्पर्धा गर्ने हो भने देवी ज्ञवालीको राजनीतिमा कहिल्यै पनि उन्नती हुने छैन ।

स्रोतका अनुसार एमाले परित्याग गरेपछि ज्ञवाली नेपाली कांग्रेस वा अन्य साना दलहरूमा प्रवेशको तयारी थालेका छन् । ‘देवी ज्ञवाली एमाले र एमालेका नेताहरूसँग बिरक्तिनु भएको छ’, स्रोतले भन्यो, ‘विशेष गरेर केपी ओली र प्रचण्डको व्यवहारबाट आजित हुनुहुन्छ ।’ बरु निस्वार्थ भावना राखेर कांग्रेसलाई सहयोग गर्ने तयारी गरेको आफन्तले समेत बताएका छन् ।

नेता ज्ञवालीले आफूलाई हराउन ठूलो भूमिका खेल्ने प्रचण्डको प्रचार गर्न केपी ओलीले निर्देशन दिएकोमा पनि चित्त दुखाएका छन् । उनले ओलीको निर्देशनलाई कहिल्यै नमान्ने जवाफ समेत फर्काइ सकेका छन् । -रिपब्लिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने