२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

झापा-३ मा घम्साघम्सीः सिटौला कि लिङ्देन ?

२५ आश्विन २०७४, बुधबार ०६:०८

असोज २५, झापा । झापा क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चुनाव नलड्ने भनी चलाइएको हल्ला निराधार रहेको झापा काँग्रेसले जनाएको छ । झापा क्षेत्र नम्बर ३ राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनलाई छाडेर सिटौला समानुपातिकबाट उम्मेदवार बन्ने भनेर चलाइएको हल्ला निराधार रहेको पार्टी सभापति उद्धव थापाले बताएका छन् ।

उनले पत्रकारसँग मंगलबार कुराकानी गर्दै सिटौलाले झापा क्षेत्र नम्बर ३ बाट नै प्रत्यक्षतर्फ प्रतिनिधि सभाको चुनाव लड्ने दाबी गरेका छन् । काँग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले रासससंग कुराकानी गर्दै गठबन्धनमा सहभागी हुन चाहनेले माग राख्नु स्वभाविक भए पनि कार्यदलको बैठकले झापाको क्षेत्र नम्बर ३ राप्रपालाई छाड्ने विषयमा निर्णय नगरेको बताए ।

काँग्रेसका उम्मेदवार छनोट गर्ने र टिकट वितरण गर्ने संसदीय बोर्ड नै गठन नभएको अवस्थामा क्षेत्र नै छाडेको भनेर चलाइएको हल्लाको भ्रममा नपर्न सिटौलाले आम मतदातालाई अपिल गरे ।


२०५० सालको उपनिर्वाचन, २०५६ को आम निर्वाचन र २०७० को संविधानसभा निर्वाचनमा सिटौला झापा क्षेत्र नम्बर ३ बाट लगातार तीनपटक निर्वाचित भएका थिए । लोेकतान्त्रिक गणतन्त्र नेपाल निर्माणका लागि नेपाली काँग्रेसलाई गणतान्त्रिक बाटोमा लैजान र विद्रोही माओवादीलाई १२ बुँदे सहमति गर्दै विस्तृत शान्ति प्रक्रियामा ल्याउन सिटौलाले उल्लेखनीय भूमिका निर्वाह गरेका थिए ।

राष्ट्रिय राजनीतिमा सिटौलाले निर्वाह गरेको महत्वपूर्ण भूमिका र स्थानीय विकास निर्माणमा र झापाको विकासमा सिटौलाले पु¥याएको योगदानलाई यहाँका जनताले कहिल्यै भुल्न नसक्ने ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले बताए ।

झापा काँग्रेसले सिटौलालाई जोडेर चलाइएको हल्लाको भ्रममा नपर्न आम झापाली मतदातालाई अपिल पनि गरेको छ । सिटौलालाई काँग्रेस ३ नम्बर क्षेत्र र जिल्ला समितिले प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर ३ को सर्वसम्मत उम्मेदवारका रुपमा केन्द्रीय समितिमा नाम सिफारिस गरिसकेको छ ।

को हुन् लिङ्देन ? 

पञ्चायतकालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमार्फत विद्यार्थी संगठनबाट राजनीति प्रारम्भ गर्नुभएका लिङ्देन राप्रपा नेपालको केन्द्रीय सदस्य हुँदै हाल राप्रपाको महामन्त्री छन् ।

२०६१ मा राजाले सत्ता आफ्नो हातमा लिएपछि लिङ्देन जिविस झापा सभापतिमा मनोनीत भएका थिए ।

२०७० सालमा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र ३ बाट तत्कालीन काँग्रेस महामन्त्री सिटौलाले १४ हजार मत ल्याई विजयी भएका थिए भने लिङ्देन नौ हजार मत ल्याएर सिटौलाका निकटतम प्रतिस्पर्धीका रुपमा एमालेलाई पछि पार्दै स्थापित भएका थिए ।

झापा जिविसको मनोनीत सभापति हुँदा र राप्रपाले स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा लिङ्देनले झापाको दक्षिणी क्षेत्रको विकास निर्माणमा अधिकतम वजेट विनियोजन गराएका कारण लिङ्देन त्यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । राप्रपा महामन्त्री लिङ्देनलाई राप्रपा झापाले क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ ।

को हुन् पुष्प ? 

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माले) बाट राजनीति प्रारम्भ गरेका र भद्रपुर नगरपालिकाको प्रमुख हुँदै २०५१ को मध्यावधि निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको सांसदमा चुनाव जितेका पुष्प पोखरेल सो क्षेत्रका मतादाताका बीच अर्काे स्थापित नाम हो ।

प्रायजसो नेपाली काँग्रेस र नेकपा (एमाले)का बीच कडा प्रतिस्पर्धा हुँदै आएको सो क्षेत्रमा २०७० को संविधानसभाको निर्वाचनमा भने एमाले तेस्रो स्थानमा पुगेको थियो ।

पोखरेललाई नेकपा एमाले ३ नम्बर क्षेत्र र जिल्ला कमिटीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो