९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुन्छ: मन्त्री मण्डल

२५ आश्विन २०७४, बुधबार ०७:१२

असोज २५, लहान । आपूर्तिमन्त्री शिवकुमार मण्डलले संविधान कार्यान्वयन भएमात्र सबैको अधिकार सुरक्षित हुने बताउनुभएको छ । 

बहिरा विद्यार्थीका लागि नवनिर्मित विद्यालय भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले भन्नुभयो – “संविधान कार्यान्वयनका लागि सरकारले सङ्घ र प्रदेश सभाको निर्वाचन गराउनेतर्फ अगाडि बढिरहेको छ ।” 

मन्त्री मण्डलले संविधानको सफल कार्यान्वयनबाट मात्र सबै नेपालीको अधिकार पूरा हुने बताउँदै स्थानीय तह जस्तै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सफल बनाउन सबैमा आग्रह गर्नुभयो । 

सिरहा नगरपालिका– ९ स्थित सिरहा बहिरा संघको परिसरमा करिब रु ४० लाखको लागतमा निर्माण भएको नयाँ भवनमा छात्रावाससहितको सुविधा रहेको सिरहा बहिरा संघले जनाएको छ । सो भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय र अन्य विभिन्न संघ संस्थाले सहयोग गरेका छन् । 

सिराहा बहिरा संघद्वारा २०५४ सालमा स्थापना भएको उक्त बहिरा विद्यालयलाई २०६३ सालमा आएर जिल्ला शिक्षा कार्यालयले अनुमोदन गरेको थियो । 

कक्षा १ देखि ५ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६ जना शिक्षक कार्यरत रहेका छन् । तीमध्ये एकजना जिल्ला शिक्षा कार्यालयबाट प्राप्त दरबन्दीमा छन् भने बाँकी पाँचजना शिक्षक प्राथमिक कान उपचार केन्द्रको आम्दानीबाट तलब खाँदै आएको सो विद्यालयले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो