९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

थपिएका यी दुई जिल्लामा १० सरकारी कार्यालय स्थापना हुने

२५ आश्विन २०७४, बुधबार ०७:३३

असोज २५, काठमाडौं । सरकारले संविधानअनुसार थप गरिएका नवलपरासीको बर्दघाट सुस्ता पूर्व जिल्ला र रुकुमको पश्चिम भाग जिल्लामा १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । 

सरकारको निर्णयअनुसार सामान्य प्रशासन मन्त्रालयले दुवै जिल्लाका २० वटा कार्यालयको संगठन तथा व्यवस्थापन (ओ एन्ड एम) सर्वेक्षणको गृहकार्य अघि बढाएको छ । 

सरकारले नयाँ जिल्ला भएकाले ती दुवै जिल्लामा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय, कोष तथा लेखा नियन्त्रक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला सरकारी वकिलको कार्यालय, जिल्ला मालपोत कार्यालय, जिल्ला नापी कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला अदालत स्थापना गर्ने निर्णय गरेको हो ।

सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव शिवराम न्यौपानेले संविधानअनुसार नयाँ जिल्लामा सेवा प्रवाह गर्न १०/१० वटा सरकारी कार्यालय स्थापना गर्ने निर्णय भएको जानकारी दिए । निर्णयअनुसार ती कार्यालयको संगठन संरचना तथा दरबन्दी सिर्जना प्रक्रिया थालिएको उनले बताए ।

रुकुम र नवलपरासी जिल्लालाई विभाजन गरी दुई/दुई वटा जिल्ला बनाइएको थियो, जसअनुसार थप भएका नवलपरासी बर्दघाट सुस्ता पूर्व र रुकुमको पश्चिम भागमा छुट्टै सरकारी कार्यालय नभएकाले ती जिल्लामा सरकारी सेवा प्रवाह प्रभावित भएको थियो । सामान्यले सरकारी कार्यालय स्थापना गर्न ती कार्यालयका तालुक निकायका रूपमा रहेका केन्द्रीय निकायलाई दुई दिनभित्र कार्यालयको आवश्यक संगठन संरचना दरबन्दी यकिन गरी सामान्यमा पठाइदिन मंगलबार नै पत्राचार गरेको छ ।

जसअनुसार जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको दरबन्दी र संगठन संरचना गृह मन्त्रालयले सामान्यलाई दुई दिनभित्र पठाउनु पर्नेछ । त्यसैगरी, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिको, महालेखा नियन्त्रक कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयको, निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयको, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले जिल्ला सरकारी वकिल कार्यालयको संगठन संरचना र कर्मचारीको दरबन्दीसम्बन्धी विवरण सामान्यमा पठाउनु पर्नेछ ।

यसैगरी, सामान्यको पत्राचारअनुसार भूमिसुधार तथा व्यवस्था मन्त्रालयले जिल्ला मालपोत कार्यालय र जिल्ला नापी कार्यालयको, स्वास्थ्य मन्त्रालयले जिल्ला जनस्वास्थ्य कार्यालयको, सर्वोच्च अदालतले जिल्ला अदालतको संगठन संरचना र दरबन्दी वरण दुई दिनभित्र सामान्यमा पठाउनु पर्नेछ ।

प्रवक्ता सहसचिव न्यौपानेले सम्बन्धित निकाय र मन्त्रालयबाट मातहतका कार्यालयमा आवश्यक दरबन्दी विवरण र संरचना प्राप्त हुनासाथ रुकुम पश्चिम जिल्ला र नवलपरासीको बर्दघाट सुस्ता पूर्वमा सरकारी कार्यालय स्थापना गरी सेवा प्रवाहको व्यवस्था मिलाइने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो