काठमाडौ, २५ असोज । एकिकृत राष्ट्रवादी गठबन्धनले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धन मुलुक र जनताको हितमा नभएको आरोप लगाएको छ ।


बुधबार राष्ट्रवादी गठबन्धनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौ, २५ असोज । एकिकृत राष्ट्रवादी गठबन्धनले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धन मुलुक र जनताको हितमा नभएको आरोप लगाएको छ ।


बुधबार राष्ट्रवादी गठबन्धनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन ग"/>

२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालको राजनीतिको साँचो भ्याटिकन सिटीको हातमा पर्यो

२०७४, २५ आश्विन बुधबार १०:४८

असोज २५, काठमाडौ  । एकिकृत राष्ट्रवादी गठबन्धनले एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्ति नेपालवीच बनेको वाम गठबन्धन मुलुक र जनताको हितमा नभएको आरोप लगाएको छ ।

बुधबार राष्ट्रवादी गठबन्धनले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएको हो । गठबन्धनका संयोजक बालकृष्ण न्यौपानेले वर्तमान समयमा विकसित भएका गठबन्धनहरु अपवित्र भएको टिप्पणी गरेका छन्।

उनले भने,‘वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनको नाममा राजीनित धुव्रिकरण भईरहेको छ, यो मुलुक र जनताको हितमा छैन्, अर्कोतर्फ यो संविधानको काम छैन्, २०४७ सालको संविधानले राजनीतिक निकास दिन्छ, सबैले यसतर्फ ध्यान दिनुपर्छ।’

एकिकृत राष्ट्रवादी गठबन्धनमा समाहित राष्ट्रिय शिवसेना पार्टीका अध्यक्ष विक्रम बहादुर बमले भारतको हातमा रहेको राजनीतिको साँचो ‘भ्याटिकन सिटि’को हातमा परेको आरोप लगाए ।

उनले भने,‘हिजो नेपालको राजनीति भारतबाट चल्छ भन्थे, आज त्यो साँचो ‘भ्याटिकन सिटि’को हातमा पुगेको छ, अब नेपालको राजकीय सक्ताको साँचो नेपालमै फर्काउनलाई संवैधानिक राजतन्त्रबाहेक अरु कसैले सक्दैन।’ अध्यक्ष बमले भने,‘हामीले १२ दलीय राष्ट्रवादी गठबन्धन बनाएका छौँ, राष्ट्रको हितमा यसले नयाँ शिराबाट काम गर्नेछ।’

कार्यक्रममा सिद्धार्थ अधिकारी, रोमलाल गिरी, शुष्मा बरालले, आर्जु थापा श्रेष्ठ लगायतले आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने