११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली

११ माघ २०८२, शनिबार १३:२०

काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ मा भएको घटनालाई लिएर आफूमाथि लगाइएका आरोपहरू झूट र भ्रममा आधारित भएको बताएका छन् । झापा क्षेत्र नम्बर ५ मा जनता तथा पार्टी कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उनले उक्त घटनाको जिम्मेवारी प्रधानमन्त्रीमाथि थोपर्नु गलत रहेको स्पष्ट पारेका हुन् । उनले भने, ‘भदौ २३ मा यत्रो युवाहरू मारिए । त्यो हत्याको आरोप केपी ओलीमाथि लगाइयो। प्रधानमन्त्री बन्दुक समातेर बस्ने, गोली चलाउन जाने व्यक्ति हुँदैन । सेना, प्रहरी र सशस्त्र प्रहरीको आ–आफ्नो जिम्मेवारी हुन्छ ।’

उनले सुरक्षा व्यवस्थापन प्रशासनको जिम्मामा रहने उल्लेख गर्दै प्रधानमन्त्रीले गोली चलाउने आदेश दिने वा नदिने भूमिका नभएको जिकिर गरे । उनले घटनापछि फैलाइएका आरोप र प्रचारलाई ‘आयातित भ्रम’को संज्ञा दिँदै भने, ‘यो गाउँका मान्छेले बनाएको कुरा होइन। बाहिरबाट पठाइएको भ्रम हो । त्यही भ्रममा परेर मान्छेहरू उकासिए, कुदाइए, तोडफोड, आगजनी र लुटपाट गराइयो।’ यस्तो भ्रम फैलाउने शक्तिहरू नै अहिले ठूलो स्वरमा बोलिरहेको ओलीको आरोप थियो ।

अध्यक्ष ओलीले एमालेमाथि विरोध नयाँ विषय नभएको भन्दै दुई तिहाइ बहुमतसहित सरकार गठन गर्दा र विकास निर्माणका काम गर्दा पनि चर्को विरोध भएको स्मरण गराए । ‘हामी देश बनाउन लागिरहेका छौँ, त्यसैले हाम्रो विरोध भएको हो,’ उनले भने, ‘हामी देश बनाउने र देश जोगाउने अभियानमा छौँ ।’उनले आफू सरकारबाट हटेपछि झापा क्षेत्रमा विनियोजन भएका बजेट रोकिएको बताए । उनले भने, ‘म सरकारबाट हट्नेबित्तिकै यहाँका बजेट रोकिए । अहिले हामीसँग प्रतिस्पर्धा गर्न आउनेहरू नै बजेट रोकाउनेहरू हुन्।’ ओलीले यस क्षेत्रमा उल्लेखनीय विकास भएको दाबी गर्दै ‘यहाँ केही भएन’ भन्न नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै