२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए

२०८२, ११ माघ शनिबार १५:४१

काठमाडौँ | उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रास्वपाको एकताका क्रममा आफूले कुनै पदको बार्गेनिङ नगरेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा अध्यक्ष घिसिङले आफू रवि लामिछानेलाई सभापति र बालेन साहलाई बरिष्ठ नेता स्वीकार गरेर नै रास्वपासँग एकता गरेको भन्दै पदको बार्गेनिङ गरेको भन्ने आरोप सही नभएको बताएका हुन् ।

पार्टी व्यवस्थापनका विषयमा आफूले छलफल गर्दा रास्वपाका शीर्ष तहबाट एकता भंग भएको जानकारी आएको उनले बताए। उनले सो समयमा समानुपातिक उम्मेदवार चयनमा उज्यालो नेपाल पार्टीले त्याग नै गरेको दाबी गरे। तर प्रत्यक्षमा उज्यालो नेपालका तर्फबाट अलि बढी उम्मेदवार उठाउने प्रस्ताव आफूहरुले गरेको उनले बताए।

उनले आफूले प्रत्यक्षतर्फको उम्मेदवार उठाउने विषयमा कुरा राख्दा रास्वपाले एकता भंग गरेको र आफू आश्चर्यचकित भएको उल्लेख गरे। घिसिङले उज्यालो नेपाल पार्टीसँग एकता भंग गर्न रास्वपालाई अन्यत्रबाटै दवाव आएको हुनसक्ने आशंका व्यक्त गरे। आगामी चुनावका लागि पार्टीले सशक्त रुपमा तयारी गरिसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने