१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन

१४ माघ २०८२, मंगलवार १३:५९

काठमाडौँ | रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत भाषा तथा सीप परीक्षा पास गरे पनि लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै युवाहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।

मंगलबार माइतीघरमा भेला भएका युवाहरूले रोस्टरको अवधि बढाउनुपर्ने र भाषा पास गरेपछि रोजगारीको सुनिश्चितता हुनुपर्ने माग राखेका छन्। उनीहरूका अनुसार भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा नाम बसेको वर्ष दिनभन्दा बढी भइसक्दा पनि रोजगारदाताको छनोटमा नपर्दा भविष्य अनिश्चित बनेको छ ।

इपिएस प्रणालीअनुसार भाषा तथा सीप परीक्षा पास गरेपछि मात्र कोरिया जान पाइँदैन । रोजगारदाताले छनोट गरेपछि मात्रै जान पाइने व्यवस्था छ । तर दुई वर्षसम्म पनि छनोटमा नपरे रोस्टरबाट नाम हट्ने र फेरि भाषा परीक्षा दिनुपर्ने बाध्यता रहेको युवाहरूको गुनासो छ । प्रदर्शनकारीहरूले विशेष गरी कृषि र पानीजहाज निर्माण क्षेत्रमा पास भएकाहरू धेरैजसो छनोटमा नपरेको बताएका छन्। यसअघि उनीहरूले ग्वार्कोस्थित इपिएस कार्यालयमा पनि विरोध प्रदर्शन गरेका थिए ।

दक्षिण कोरियाले सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवालाई रोजगारीमा लैजाँदै आएको छ । हालसम्म एक लाखभन्दा बढी नेपाली युवा यस प्रणालीमार्फत कोरिया पुगेका छन्। सन् २०२५ का लागि कोरियाले झण्डै पाँच हजारकोटा निर्धारण गरे पनि एक लाखभन्दा बढी युवाले आवेदन दिएका छन्। हाल भाषा उत्तीर्ण गरेर रोस्टरमा मात्रै १२ हजारभन्दा बढी युवाको नाम रहेको इपिएस शाखाले जनाएको छ ।

शाखाले भने पटक–पटक हुने आन्दोलन र धर्नाले प्रक्रियामा नकारात्मक असर परेको भन्दै संयमित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ