नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवाय"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मन्त्री चौधरी जुम्लामा

२९ आश्विन २०७४, आईतवार ०४:३९

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा हुने २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन सहित सम्बोधनका लागि मन्त्री चौधरी जुम्ला आउनु भएको हो ।     

सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गार्खबहादुर थापाले बताउनुभयो । उनका अनुसार  मन्त्री संगै विभिन्न मन्त्रालयका प्रवुद्ध व्यक्तिहरुको पनि सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलन बिहान १० बजेपछि शुरु हुदैछ ।

प्रत्यक वर्ष जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलन गरीदै आएको हो ।

हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यसपटक जुम्लामा भएको राष्टिय सम्मेलन जस्तै ः २०६० सालमा पहिलो पटक कर्णाली प्राविधिक शिक्षालयमा कर्णाली सम्मेलन, २०७१ सालमा सुर्खेतमा राष्ट्रिय सम्मेलन र २०७२ मा रारा सम्मेलन गरिएको किर्डाक नेपालले जनाएको छ ।  

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवि गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्नको लागि प्रत्येक वर्ष सम्मेलनको आयोजना हुदै आएको किर्डाकका कार्यक्रम निर्देक गोविन्द बहादुर शाहीले जानकारी दिनुभयो ।

उनले भन्नुभयो, सम्मेलनबाट विद्यमान समस्या र त्यसको निकास समेत निकालिने छ । सम्मेलनको लागि सबै तयारी पुरा भएको छ । किर्डाकले शिक्षा स्वास्थ्य मानव अधिकार, खानेपानी सरसफाई तथा संचार का क्षेत्रमा ५ दशक पहिला देखि नेपालभर कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो