नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवाय"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवाय"/>
२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न मन्त्री चौधरी जुम्लामा

२०७४, २९ आश्विन आईतवार ०४:३९

नन्दराम जैशी | असोज २९, जुम्ला | जुम्लामा आजबाट शुरु हुने राष्ट्रिय सम्मेलनको उद्घाटन गर्न जनसंख्या तथा वाताबरण मन्त्री मिथिला चौधरी आईतबार जुम्ला पुग्नु भएको छ । जलवायु परिवर्तन, खाद्य सुरक्षा र स्वच्छ पानी तथा हिमाली क्षेत्रमा यसका चुनौति र अवसरका विषयमा हुने २ दिने राष्ट्रिय सम्मेलनको उद्घाटन सहित सम्बोधनका लागि मन्त्री चौधरी जुम्ला आउनु भएको हो ।     

सम्मेलनमा कर्णालीको खाद्य सुरक्षा, जीविको पार्जन र वातावरणीय असरले पारेको प्रभावका बारेमा कार्यपत्र प्रस्तुत गरि निष्कर्ष सहितको व्यापक छलफल हुने मुख्य आयोजक संस्था किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक गार्खबहादुर थापाले बताउनुभयो । उनका अनुसार  मन्त्री संगै विभिन्न मन्त्रालयका प्रवुद्ध व्यक्तिहरुको पनि सम्मेलनमा सहभागिता रहनेछ । सम्मेलन बिहान १० बजेपछि शुरु हुदैछ ।

प्रत्यक वर्ष जनसंख्या तथा वातावारण मन्त्रालय, नेपाल विज्ञापन तथा प्रविधि प्रतिष्ठान, नेपाल पर्यटन बोर्ड, काठमाण्डौँ विश्व विद्यालय, किर्डाक नेपालको साझेदार तथा एनसिएएमआई को समन्वयमा सम्मेलन गरीदै आएको हो ।

हिमाली क्षेत्रमा स्वच्छ पानी, यसको संरक्षण र प्रर्वद्धन, मानव अधिकार र यसको अवस्थाका विषयमा पनि सम्मेलनमा कार्यपत्र प्रस्तुत हुने बताइएको छ । यसपटक जुम्लामा भएको राष्टिय सम्मेलन जस्तै ः २०६० सालमा पहिलो पटक कर्णाली प्राविधिक शिक्षालयमा कर्णाली सम्मेलन, २०७१ सालमा सुर्खेतमा राष्ट्रिय सम्मेलन र २०७२ मा रारा सम्मेलन गरिएको किर्डाक नेपालले जनाएको छ ।  

हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको अधिकार रक्षाको लागि पैरवि गर्न र जिल्ला स्तरका मुद्दालाई राष्ट्रिय नीति निर्माणमा जोड्नको लागि प्रत्येक वर्ष सम्मेलनको आयोजना हुदै आएको किर्डाकका कार्यक्रम निर्देक गोविन्द बहादुर शाहीले जानकारी दिनुभयो ।

उनले भन्नुभयो, सम्मेलनबाट विद्यमान समस्या र त्यसको निकास समेत निकालिने छ । सम्मेलनको लागि सबै तयारी पुरा भएको छ । किर्डाकले शिक्षा स्वास्थ्य मानव अधिकार, खानेपानी सरसफाई तथा संचार का क्षेत्रमा ५ दशक पहिला देखि नेपालभर कार्यक्रम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने