२ पुष २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समानुपातिकतर्फ ५२ वटा दलद्वारा उम्मेदवारको बन्दसूची पेश

२९ आश्विन २०७४, आईतवार १४:१४

असोज २९, काठमाडौं (रासस) | प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न ५२ वटा राजनीतिक दलले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । 

कान्तिपथस्थित निर्वाचन आयोगको परिसरमा स्थापना भएको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालयमा दलहरुले उम्मेदवारको बन्दसूची पेश गरेको आयोगले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको हो । 

सो अवसरमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले धैर्यता, संयमता र उत्साहका साथ उम्मेदवारको बन्दसूची पेश गर्नुभएको भनी प्रशंसा गर्नुभयो । आगामी निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आचारसंहिताको पालनाका साथै लोकतन्त्रको मूल्यमान्यतालाई आत्मसात् गर्न सरकार र राजनीतिक दलसँग उहाँले आग्रह गर्नुभयो । 

“निर्वाचनलाई सफल तुल्याउन सरकार, राजनीतिक दल र उम्मेदवारबाट सहयोग हुने अपेक्षा गरिएको छ,” उहाँले भन्नुभयो । 

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचनको बन्दसूची बुझाउने प्रक्रिया गणितीय, प्राविधिक र जटिल भएकाले बन्दसूचीलाई प्रक्रिया पूरा गरेर दर्ता गर्न समय लागेको बताउनुभयो । 

बन्दसूची पेश गर्नका लागि आज बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए । 

आयोगमा उम्मेदवारको बन्दसूची पेश गर्ने राजनीतिक दलहरुमा ग्रिन पार्टी नेपाल, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय जनता दल नेपाल, चुरे भावर लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल युवा किसान पार्टी, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी), ताम्सालिङ लोकतान्त्रिक पार्टी, नेपाली काँग्रेस, नेपाल समावेशी पार्टी, नेपाल समाजवादी पार्टी लोहियावादी, जनशक्ति नेपाल, जनतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय शिवसेना पार्टी र नागरिक पार्टी रहेका छन् । 

यसैगरी, राष्ट्रिय जनता पार्टी नेपाल, देशभक्त समाज, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी, देशभक्त लोकतान्त्रिक पार्टी, बहुजन शक्ति पार्टी, दलित मुस्लिम जनशक्ति पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल जनता पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट, युवा नेपाल पार्टी, राष्ट्रिय जनमोर्चा, लिबरल डेमोक्र्याटिक पार्टी र देशभक्त जनगणतान्त्रिक मोर्चाले उम्मेदवारको बन्दसूची पेश गरेका छन् । 

यस्तै, नयाँ शक्ति पार्टी नेपाल, हाम्रो नेपाल पार्टी, नेपालवाद, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, नेपाल दर्शन, राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेसनल अर्गनाइजेशन, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), नेपाल कम्युनिष्ट पार्टी (एमाले), संघीय खम्बुवान् लोकतान्त्रिक पार्टी नेपाल, राष्ट्रिय त्रिशूल बहुजन समाजवादी पार्टी, नेकपा माले समाजवादी पार्टी नेपाल, नेपाल नौलो जनवादी पार्टी, नेपाल लोकतान्त्रिक फोरम, नेकपा (माओवादी केन्द्र), नेपाल सुकुम्वासी पार्टी लोकतान्त्रिक, नेपाल लोकतान्त्रिक जनता काँग्रेस, नेपाली जनता दल, नेपाली काँग्रेस विपी, राष्ट्रिय मुक्ति आन्दोलन, राष्ट्रिय समाजवादी पार्टी नेपाल, नेपाल दलित पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले समेत उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’ मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन ट्रकले ठक्कर दिएर घाइते भएकी महिलाको मृत्यु नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत ट्रम्पद्वारा थप सात देश र प्यालेस्टाइनमाथि पूर्ण यात्रा प्रतिबन्ध भेनेजुएलामाथि दबाब कडा पार्दै ट्रम्पद्वारा प्रतिबन्धित तेल ट्याङ्कर अवरुद्ध गर्ने आदेश सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ ‘टनकपुर व्यारेजबाट चाँडै पानी पाउनेमा विश्वस्त छौँ’ सुनचाँदीको मूल्य बढेकोबढ्यै एमाले महाधिवेशनः मतदान सुरु जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता