2026-07-04 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादीका प्रमुख नेताहरु को-को समानुपातिकमा परे ? को-को प्रत्यक्ष लड्दैछन् ?

असोज ३०, काठमाडौं | आइतबार प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनाव अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ विभिन्न राजनीतिक दलले उम्मेदवारको बन्दसूचि पेश गरेका छन् । 

बन्दसूचि पेश गर्नका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय निर्धारण गरिएको थियो । आयोगमा दर्ता भएका कूल ९१ राजनीतिक दलमध्ये ८८ वटा राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारी दर्ताका लागि यसअघि आयोगमा निवेदन दर्ता गराएका थिए । जसमध्ये ५२ दलले सुची दर्ता गराएका छन् ।

यसैबीच माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गराएका छन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिएकी हुन् ।

माओवादीका प्रमुख नेताहरुको नाम समानुपातिकको सुचिमा छैन 

यसैबीच आइतबार पेस भएको बन्दसुचिमा माओवादीका अधिकांश प्रमुख नेताहरुको नाम छैन । नेताहरु प्रत्यक्ष लड्ने तयारी रहेकाले समानुपातिकको सुचिमा नभएको हो । नेकपा एमालेसँग चुनावी तालमेल र पार्टीको एकीकरणको समेत घोषणा गरेको माओवादीले नाम चलेका केन्द्रिय नेता प्रत्यक्षतर्फबाट उठ्दा बढी मत पाउने आशामा उनीहरुको नाम सामानुपातिकमा नराखेको हो ।

समानुपातिकको सुचिमा निवर्तमान सभामुख ओनसरी घर्ती मगर र जयपुरी घर्ती मगर भने परेका छन् । घर्तीको जिल्ला रोल्पामा उहाँका पति वर्षमान पुन अनन्तले चुनाव लड्ने भएपछि घर्ति समानुपातिकमा पर्नुभएको हो । त्यस्तै माओवादी केन्द्रकि प्रमुख सचेतक समेत रहेकी रेखा शर्मा, नेता मणी थापा तथा नारायणप्रसाद दाहालको नाम भने समानुपातिकमै छ । नारायण प्रसाद दाहाल गएको संविधानसभा चुनावमा चितवन ३ बाट पराजित हुनु भएको थियो । यस्तै २०६४ सालको संविधानसभा चुनावमा दोलखाबाट निर्वाचित देवी खड्काको नाम पनि समानुपातिकमा छ । 

माओवादी केन्द्रले संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७-१७, जनजाति पुरुष र महिला १६-१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरेको छ । माओवादी केन्द्रकि प्रवक्ता पम्फा भुषालका अनुसार संघीय संसद्ममा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको छ ।

प्रत्यक्ष लड्ने नेताहरु को-को ? 

नेकपा माओवादी केन्द्रका नाम चलेका केन्द्रिय स्तर नेताहरु मध्ये रामबहादुर थापा बादल चितवन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने चर्चा छ । त्यस्तै माओवादी प्रवक्ता पम्फा भुषाल ललितपुर क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने तयारीमा रहेको चर्चा छ । तयस्तै नारायणकाजि श्रेष्ठ गोरखा २ बाट निर्वाचन लड्ने तय भईसकेको छ भने रोल्पामा वर्षमान पुन अनन्त लड्दैछन् । त्यस्तै माओवादीका अन्य ठूला नेताहरुले पनि आफ्नो प्रत्यक्ष निर्वाचनको स्थान तोकेर चर्चा गरिरहेका छन् तर यस बारेमा एकिन हुने अवस्था भने छैन किनकि बाम तालमेल पछी एमालेसँग तालमेल भएको कारण कहाँ को लड्ने भन्ने बिषय टुंगो लाग्न बाँकी नै छ । जे होस् एमालेसँगको तालमेल पछी आफ्नो जितको आशा सहित माओवादी केन्द्रका अधिकांश ठूला नेताहरु प्रत्यक्षबाटनै लड्ने तयारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो