९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

टिकट लिन काठमाण्डौ पुगेका कांग्रेस नेताहरु, फेसबुकमा यसरी विलौना गर्दै

३० आश्विन २०७४, सोमबार ०९:१५

चिसाङ शेर्पा | असोज ३०, खोटाङ | आगामी मंसिर १० र २१ गते हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि टिकट लिन काठमाण्डौं पुगेका खोटाङ कांग्रेस नेताहरु आन्तरिक रुपमा टिकटका लागि कसरत गर्दै फेसबुकमा वह पोख्न थालेका छन् ।

नेपाली कांगे्रस खोटाङका प्रदेश नम्बर २ का प्रत्यक्षतर्फका प्रत्यासी उम्मेद्वारद्धय विष्णुकुमार राई र रवि प्रकाश राईले फेसवुकमा सेल्फी खिचेर तस्विर पोष्ट गरेका छन् । तस्विरमा दुवैजनाको अनुहारमा चमकता देखिन्छ । 

नेता, रविप्रकाश राईले फोटोसंगै क्याप्सनमा लेखेका छन् । ‘हिजो पनि एक थियौं, आज पनि एक छौं र भोली पनि एक हुनेछौं ।’

दुवै नेता टिकटको लागि आ–आफ्नो पावर र पहुँचले भ्याएसम्म केन्द्रमा टिकटको लविङ र रस्साकस्सीमा जुटेका छन् तर ! जसले टिकट फुत्काए पनि फेसबुकमा लेखिएको स्टाटस र सेल्फीले भने कांग्रेसलाई जिताउँने छाँटकाँट देखिन्छ । टिकटका लागि दुवै नेताको प्रवल संम्भावना भएको भएपनि अन्त्यमा एकजना खाली हात फर्कनुनै पर्ने हुन्छ ।

यी दुई नेतासंगै जिल्लाबाट प्रत्यक्षतर्फको टिकटको लागि नेता महेन्द्र कट्वाल र रमेश खड्काको पनि नाम शिफारिस भएको छ  । उनिहरु पनि टिकटको लागि लविङमै रहेका छन् । २०७० सालको संविधानसभाको चुनावमा प्रत्यक्षतर्फका उम्मेद्वारको टिकट लिएर चुनावी मैदानमा उत्रेका विष्णुकुमार राई र समानुपातिक तर्फका उम्मेद्वार रविप्रकास राईको चुनाव जित्ने त्यतिखेरको सपना हारसंगै चकानाचुर भएको थियो ।

चुनाव जितेर क्षेत्र नम्बर २ को विकासलाई प्रथामिकता दिने नेताद्धयको सपना आगामी प्रदेश र प्रतिनिधि सभाको निर्वाचनले पूरा गर्छ की गर्दैन त्यो हेर्न बाँकी छ । त्यसोत, पार्टी भित्र, कार्यकर्ता र जनतासंग अब्बल र राम्रो गनिएका नेता विष्णुकुमार राईलाई ०७० सालको चुनावमा हराउँन आफ्नै पार्टीपंक्ती लागेको ईतिहास छ ।

भिजन मिसन र विकास गनुर््पर्छ भन्ने भावनाका नेता विष्णुकुमार राईको यो चुनाव अन्तिम पनि हो । राईले भने, यहाँ विकासको निम्ती राजनीति हावि भएको छ । अव राजनीति विकासका लागि हुनुपर्छ । यसको रुपान्तरण गर्नेछु ।’

उनि, आफुले टिकट पाएसंगै जुनसुकै हालतमा जित्ने मानसिकता बनाईरहेका ठोकुवा गर्छन् । विष्णुकुमार राई पूर्व सभापति तथा महासमिति सदस्य हुन भने रविप्रकाश राई महासमिति सदस्य तथा यूवा नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो