९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगद्वारा बन्दसूची छानविन शुरु, यस्तो छ समानुपातिक निर्वाचन कार्यतालिका

३० आश्विन २०७४, सोमबार १५:४५

असोज ३०, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दलहरुले आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्द सूचीको छानविन गर्ने काम शुरु गरेको छ । आयोगमा दलहरुले बुझाएका बन्द सूची समानुपातिक समावेशी सिद्धान्त अनुरुप भए नभएको छानविन शुरु गरिएको आयोगले जनाएको हो ।

निर्वाचन आयोगमा ८ वटा दल दर्ता भएपनि ४९ वटा दलले प्रतिनिधि सभाको लागि उम्मेद्वारको बन्द सूची आयोगमा पेश गरेका थिए । प्रदेश नम्बर १ का मा २७, प्रदेश नम्बर २ मा २९, प्रदेश नम्बर ३ मा ३१, प्रदेश नम्बर ४ मा २०, प्रदेश नम्बर ५ मा २७, प्रदेश नम्बर ६ मा १, प्रदेश नम्बर ७ मा २० वटा दलले प्रदेश सभाका लागि समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । दलहरुले बुझाएको बन्द सूचीलाई निर्वाचन आयोगले सोमबारबाट छानविन गरी काम शुरु गरेको निर्वाचन आयोगका सचिव एवं समानुपातिक तर्फका निर्वाचन अधिकृत बेगेन्दराज शर्मा पौड्यालले जानकारी दिए । उनले प्रदेश सभा र प्रतिनिधि सभा ऐन बमोजिम दलहरुले बन्द सूची पेश गरेको नगरेको अध्ययन गरी दलहरुलाई जानकारी गराउने बताए । राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका उम्मेदवारको बन्दसूची पेश गरेका थिए । दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ । 

यस्तो छ समानुपातिक निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म आयोगले उम्मेदवारको बन्दसूची सच्याउन दलहरुलाई सूचित गर्नेछ । उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्न राजनीतिक दलहरुलाई कात्तिक ६ गतेदेखि १२ गतेसम्म समय दिइनेछ । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा कात्तिक १३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निवेदन दिन सक्ने छन् । त्यसरी नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने र रिक्त ठाउँमा अर्को उम्मेदवार मनोनयन गरी मनोनित उम्मेदवारको नामावली आयोगमा पेश गर्न कात्तिक १४ र १५ गते दुई दिनको समय दिइएको छ । कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक हुनेछ । उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिने म्याद कात्तिक १८ गतेदेखि २४ गतेसम्म छ । उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धि दावी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय गर्ने समय कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म तोकिएको छ । उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना मंसिर २ गते प्रकाशन गरिनेछ र त्यसको भोलिपल्ट मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गरिनेछ । मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो