2026-07-04 02:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचन आयोगद्वारा बन्दसूची छानविन शुरु, यस्तो छ समानुपातिक निर्वाचन कार्यतालिका

असोज ३०, काठमाडौँ | निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि दलहरुले आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्द सूचीको छानविन गर्ने काम शुरु गरेको छ । आयोगमा दलहरुले बुझाएका बन्द सूची समानुपातिक समावेशी सिद्धान्त अनुरुप भए नभएको छानविन शुरु गरिएको आयोगले जनाएको हो ।

निर्वाचन आयोगमा ८ वटा दल दर्ता भएपनि ४९ वटा दलले प्रतिनिधि सभाको लागि उम्मेद्वारको बन्द सूची आयोगमा पेश गरेका थिए । प्रदेश नम्बर १ का मा २७, प्रदेश नम्बर २ मा २९, प्रदेश नम्बर ३ मा ३१, प्रदेश नम्बर ४ मा २०, प्रदेश नम्बर ५ मा २७, प्रदेश नम्बर ६ मा १, प्रदेश नम्बर ७ मा २० वटा दलले प्रदेश सभाका लागि समानुपातिक तर्फको बन्द सूची बुझाएका थिए । दलहरुले बुझाएको बन्द सूचीलाई निर्वाचन आयोगले सोमबारबाट छानविन गरी काम शुरु गरेको निर्वाचन आयोगका सचिव एवं समानुपातिक तर्फका निर्वाचन अधिकृत बेगेन्दराज शर्मा पौड्यालले जानकारी दिए । उनले प्रदेश सभा र प्रतिनिधि सभा ऐन बमोजिम दलहरुले बन्द सूची पेश गरेको नगरेको अध्ययन गरी दलहरुलाई जानकारी गराउने बताए । राजनीतिक दलले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० तथा प्रदेशसभाको समानुपातिकतर्फ २२० पदका उम्मेदवारको बन्दसूची पेश गरेका थिए । दलहरुले उम्मेदवारको बन्दसूची पेश गर्दा ५० प्रतिशत महिला उम्मेदवारसहित समानुपातिक र समावेशिताका आधारमा नामावली समावेश गर्नुपर्ने कानूनी व्यवस्था छ । 

यस्तो छ समानुपातिक निर्वाचन कार्यतालिका

निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार असोज ३० गतेदेखि कात्तिक ५ गतेसम्म आयोगले उम्मेदवारको बन्दसूची सच्याउन दलहरुलाई सूचित गर्नेछ । उम्मेदवारको बन्दसूची संशोधन गरी पेश गर्न राजनीतिक दलहरुलाई कात्तिक ६ गतेदेखि १२ गतेसम्म समय दिइनेछ । उम्मेदवारको बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा कात्तिक १३ गते बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म निवेदन दिन सक्ने छन् । त्यसरी नाम फिर्ता लिएको जानकारी सम्बन्धित राजनीतिक दललाई दिने र रिक्त ठाउँमा अर्को उम्मेदवार मनोनयन गरी मनोनित उम्मेदवारको नामावली आयोगमा पेश गर्न कात्तिक १४ र १५ गते दुई दिनको समय दिइएको छ । कात्तिक १७ गते उम्मेदवारको बन्दसूची सार्वजनिक हुनेछ । उम्मेदवारको योग्यता सम्बन्धमा दावी विरोध गर्न निवेदन दिने म्याद कात्तिक १८ गतेदेखि २४ गतेसम्म छ । उम्मेदवारको बन्दसूचीमा समावेश उम्मेदवारको योग्यता सम्बन्धि दावी विरोधको निवेदन उपर जाँचबुझ र निर्णय गर्ने समय कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म तोकिएको छ । उम्मेदवारको बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना मंसिर २ गते प्रकाशन गरिनेछ र त्यसको भोलिपल्ट मंसिर ३ गते उम्मेदवारको बन्दसूची अन्तिम रुपमा प्रकाशन गरिनेछ । मंसिर १० गते पहिलो चरणमा र २१ गते दोस्रो चरणमा मतदान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन मन्त्रिपरिषद् बैठक बस्दै सरकारी कागजात मोबाइलबाट स्क्यान नगर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुनचाँदीको मूल्य बढ्यो