२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धादिङ्ग - DHG

धादिङको दुई वटै निर्वाचन क्षेत्रमा रास्वपाको अग्रता

२०८२, २३ फाल्गुन शनिबार ११:३८

काठमाडौँ | प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङ जिल्लामा मतगणना जारी रहेको छ । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा दुवै क्षेत्रमा मतगणना जारी रहँदा प्रारम्भिक परिणामअनुसार दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अग्रस्थानमा देखिएका छन् ।

धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ फराकिलो मतान्तरसहित अग्रस्थानमा रहनुभएको छ भने क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ पनि अग्रतामा रहनुभएको छ ।

धादिङ क्षेत्र नं १ मा हालसम्मको मतपरिणामअनुसार रास्वपाकी उम्मेदवार आशिका तामाङ १९ हजार ९१६ मतसहित अग्रस्थानमा हुनुहुन्छ । नेकपा (एमाले)का उम्मेदवार भूमि त्रिपाठीले सात हजार ९८५ मत प्राप्त गर्नुभएको छ भने नेपाली कम्युनिष्ट पार्टिका उम्मेदवार राजेन्द्रप्रसाद पाण्डेले ६ हजार ६९५ मत प्राप्त गर्नुभएको छ । त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद रिजालले ४ हजार ५०१ मत पाउनुभएको छ । हालसम्म यस क्षेत्रमा गल्छी गाउँपालिका, थाक्रे गाउँपालिका, गजुरी गाउँपालिकाको मतगणना सम्पन्न भएको छ । छ स्थानीय तह समेटिएको धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा कुल ८५ हजार ३ सय ३३ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ ।

धादिङ निर्वाचन क्षेत्र नं. २ मा पनि हालसम्मको मतरिणमका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टिका उम्मेदवार बोधनारायण श्रेष्ठ ११ हजार ४०७ मतसहित अग्र स्थानमा हुनुहुन्छ । प्रारम्भिक मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार रमेश धमलाले ९ हजार ४६८ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार धनबहादुर घलेले ६ हजार ६१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार राम बहादुर भण्डारीले पाँच हजार ८३२ मत पाउनुभएको छ । १३ वटा स्थानीय तह रहेको जिल्लाको क्षेत्र नं. २ मा सदरमुकामसहित एउटा नगरपालिका र ६ वटा गाउँपालिका पर्छन् । हालसम्म पाँच वटा पालिका रुवीभ्याली, खनियावास, गंगाजमुना, त्रिपुरासुन्दरी, नेत्रावती गाउँपालिकाका मतगणना सम्पन्न भएको छ भने ज्वालामुखी गाउँपालिकाको मतगणना जारी रहेको छ। कुल १ लाख ३८ हजार ५९४ मतदाता रहेकामा धादिङ क्षेत्र नं २ मा ७३ हजार ५१ मत खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु