२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा अन्तिम मतपरिणाम आउन लाग्दा सुरक्षा व्यवस्था कडा

२०८२, २३ फाल्गुन शनिबार १७:३०

काठमाडौँ | झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता कायम राखेका छन्। अन्तिम मतपरिणाम नजिकिँदै जाँदा जिल्लाभर सुरक्षा व्यवस्था कडा बनाइएको छ।

अहिलेसम्मको मतगणनाको प्रवृत्ति हेर्दा रास्वपाका उम्मेदवारहरू विजय नजिक पुगेका देखिएका छन्। क्षेत्र नम्बर १ मा निशा डाँगी, क्षेत्र नम्बर २ मा इन्दिरा राना, क्षेत्र नम्बर ३ मा प्रकाश पाठक, क्षेत्र नम्बर ४ मा शम्भु सुस्केरा र क्षेत्र नम्बर ५ मा बालेन्द्र शाह अग्रस्थानमा छन्। अन्तिम परिणाम सार्वजनिक हुने चरणमा पुगेपछि सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रशासनले सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मतगणना स्थल र आसपासका क्षेत्रमा नेपाल प्रहरीसँगै नेपाली सेनासमेत परिचालन गरिएको छ। मतगणना केन्द्र वरपर निगरानी बढाइएको छ भने सुरक्षाकर्मीको उपस्थिति पनि उल्लेख्य रूपमा बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु