९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दुवै चरणको मतदान सकिएपछि मात्र मतगणना

१ कार्तिक २०७४, बुधबार ०५:४५

कात्तिक १, काठमाडौं । निर्वाचन आयोगले पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि १० दिन कुर्नुपर्ने जनाएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु हुने भएको हो ।

१० मंसिरमा ३१ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तालिका छ । २१ मंसिरमा थप ४६ जिल्लामा मतदान हुनेछ । ७७ वटै जिल्लामा निर्वाचन सकिएपछि मात्र एकसाथ मतगणना थाल्ने तयारी आयोगले गरेको हो ।

जनशक्तिको कमि र दोस्रो चरणको चुनाव प्रभावित हुने भएकाले मतगणना एकैपटक गर्न लागिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यसअघि स्थानीय तहको निर्वाचनमा भने मतदान सकिएलगत्तै मतगणना सुरु भएको थियो । त्यतिबेला पहिलो, दोस्रो र तेस्रो चरणका निर्वाचनको अवधि लामो थियो ।

३१ वैशाखमा पहिलो, १४ असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको चुनाव भएको थियो । प्रतिनिधिसभा र प्रदेशसभा चुनावको दुई चरणको अवधि १० दिन मात्र छ । सोही कारण सबै पक्षलाई विचार गरेर मतगणना एकैपटक गर्न लागिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो