२०८२, २९ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च

२०८२, २९ फाल्गुन शुक्रबार १७:२८

काठमाडौँ | रौतहट–४ बाट प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार रहेका ऋषि धमलाले आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्। फागुन २१ मा सम्पन्न निर्वाचनका क्रममा धमलाले १२ लाख ६५ हजार खर्च गरेको विवरणमा उल्लेख गरेका छन् ।

उनले मनोनयन दर्ताको लागि १० हजार, २ वटा सवारी साधन भाडा खर्च ३ लाख, हवाई भाडा खर्च ३६ हजार २८५, मोटरसाइकल र्‍यालीसहितको लागि इन्धनवापत २ लाख ४६ हजार, टिसर्ट प्रिन्ट तथा प्रचार सामग्रीका लागि ५ लाख ४४ हजार १८६ रुपैयाँ र कार्यकर्ता व्यवस्थापन खाना खाजा तथा अन्य गरि १ लाख २८ हजार ५२९ रुपैयाँ गरि कुल १२ लाख ६५ हजाररुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। आम जनता पार्टीबाट उम्मेदवार बनेका धमलाले ६५५ भोट मात्र पाएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेल ३६ हजार ८७६ मतसहित विजयी हुँदा दोस्रो बनेको कांग्रेस उम्मेदवार देवप्रसाद तिमलसेनाले १५ हजार ८६५ भोट ल्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ