काठमाडौँ | नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ। समसामयिक राजनीति, निर्वाचनको समीक्षा र समानुपातिक सांसद सिफारिसका लागि सूचीबारे छलफल गर्न आज अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक बसेको हो।
प्रतिनिधि सभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ ९ र समानुपातिकमा १६ सिट जितेको छ। निर्वाचन आयोगले क्लस्टर अनुसार सूची बुझाउन दलहरुलाई ३ दिनको समय दिएको थियो। आयोगमा दलहरूको आइतबार सूची बुझाउने तयारी छ।