२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाबुराम भट्टराईको नयाँ शक्तिलाई कांग्रेसले पनि पत्याएन

२०७४, १ कार्तिक बुधबार १०:२४

कात्तिक १, काठमाडौं | एकाएक बाम गठबन्धनमा सामेल भएर सहमति नभएपछी बाहिरिएका बाबुराम भट्टराईलाई कांग्रेसले समेत प्राथमिकता नदिएपछी भट्टराई तनाबमा छन् । 

१५ सिट माग्दै भट्टराई बाम गठबन्धनमा सामेल भएका थिए तर टिक्न सकेनन् । नयाँ शक्तिलाई माओवादीले गोरखा २ मा निर्वाचन लड्न नदिएपछी त्यसको झोकमा गठबन्धननै छाडेर कांग्रेससँग मिल्न आएका थिए तर कांग्रेसले समेत उसलाई मागेजति सिट नदिने निश्चित जस्तै भएको छ भने कांग्रेसले नयाँ शक्ति बलियो भएको स्थान मात्र दिन सक्ने संकेत दिएको छ । कांग्रेसले गोरखा २ दिएर १ नम्बरमा आफुलाई सघाउन भनेको छ ।

बाम तालमेलमा आफुलाई महत्व नदिईएको भन्दै गठबन्धन छाडेर कांग्रेसको ढोका ढकधक्याउन पुगेका नेता भट्टराईलाई कांग्रेसले समेत त्यति महत्व नदिएको राजनीतिक वृतमा बहश चलेका छन् । लोकतान्त्रिक फोरमलाई आफ्नो पक्षमा सामेल गरिसकेको कांग्रेसले चाहेको खण्डमा नयाँ शक्तिसँग यथासिघ्र छलफल गरि बिषय टुंग्याउन पर्नेमा कांग्रेस अन्यत्रै व्यस्त देखिँदा नयाँ शक्तिसँग औपचारिक छलफल गरेको छैन । काँग्रेस नेताहरु आन्तरिक छलफलमा व्यस्त भएपछि भट्टराईलाई अहिलेसम्म हाता लाग्यो शुन्य जस्तै भएको छ भने उसले बिकल्पमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमसँग पनि तालमेलको प्रयास गरिने जनाएको छ । 

कांग्रेससँग तालमेलमा पुगेका भट्टराईलाई अहिलेसम्म कांग्रेसले गोरखा क्षेत्र नम्बर २ दिएर एक नम्बर क्षेत्र काँग्रेसलाई सघाउने विषयमा सहमति भएपनि यस बाहेक अन्य बिषयमा कुनै छलफल हुन सकेको छैन । यसरी हेर्दा कांग्रेसले नयाँशक्तिलाई गोरखा २ सहित ४/५ स्थानमा मात्र दिएर सहमतिमा ल्याउने प्रयास गरेको देखिन्छ । यसरी हेर्दा नयाँ शक्तिलाई कांग्रेसमा जाँदा समेत खासै फाइदा नहुने स्पष्ट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश