२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा दुईलाख आठ हजार मतदाता, कुन क्षेत्रमा कति ?

२ कार्तिक २०७४, बिहीबार ०५:३१

कात्तिक २, नुवाकोट (रासस) | मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नुवाकोटमा स्थानीयतहको निर्वाचनको भन्दा २२ हजार मतदाता थपिएका छन् । 

वैशाख ३१ को स्थानीयतहको निर्वाचनमा एकलाख ८५ हजार ७८२ जना मतदाता रहेकोमा मंसिर १० को चुनावको लागि दुईलाख आठ हजार १९१ जना मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय, नुवाकोटले जनाएको छ । 

स्थानीयतहको निर्वाचनपश्चात् चार महिनामा जिल्ला प्रशासन, निर्वाचन कार्यालय र स्थानीयतहको केन्द्रदेखि वडा कार्यालयसम्म सञ्चालन भएको घुम्ती सेवा शिविरबाट २२ हजार ४०९ जना मतदाता थप भएको निर्वाचन अधिकारी जनार्दन अधिकारीले जानकारी दिनुभयो । 

जिल्लामा मतदाता वृद्धि भएसँगै मतदान केन्द्रसमेत बढेको छ । स्थानीयतहको निर्वाचनमा १२९ मतदानस्थलमा २४० मतदान केन्द्र निर्धारण भएकोमा अहिले मतदानस्थल साविक राखेर केन्द्र भने २० वटा थप गरी २६० पुर्याइएको निर्वाचन अधिकारीले जानकारी दिनुभयो । 

एक मतदान केन्द्रमा एकहजार मतदाता मात्र समावेश गर्ने भएकाले २२ हजार मतदाता थपिएपछि २० मतदान केन्द्र वृद्धि गर्न निर्वाचन आयोगमार्फत स्वीकृति लिएको निर्वाचन कार्यालयले जनाएको छ । 

नुवाकोटका आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि क्षेत्र नं १ मा एकलाख पाँच हजार २८७ जना र क्षेत्र नं २ मा एक लाख दुई हजार ९०४ जना मतदाता भोट दिन योग्य देखिएका छन् । 

यस्तै, प्रतिनिधिसभाको क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १ मा मतदाता संख्या ५२ हजार एकजना, क्षेत्र नं २ मा ५३ हजार २८६ जना मतदाता मत दिन योग्य भएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा सदस्य क्षेत्र नं १ मा मतदाता ५१ हजार ६४९ जना र क्षेत्र नं २ मा ५१ हजार २५५ जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ । 

आसन्न निर्वाचनको लागि अहिले एक हजार २७४ जना म्यादी प्रहरी भर्ना गर्न लागिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

निर्वाचन सुरक्षाको लागि जिल्लामा रहेको नेपाली सेनासमेत तैनाथ हुने र नेपाल प्रहरीको अहिले कायम रहेकोभन्दा दोब्बर बढी प्रहरी थप हुने नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले जानकारी दिनुभयो । 

कात्तिक ५ गते प्रत्यक्षतर्फको उम्मेदवारको उम्मेदवारी दर्ता भएसँगै निर्वाचन सुरक्षा मजबुत बनाउन सुरक्षा अवस्था हेरेर सशस्त्र प्रहरीसमेत जिल्ला ल्याउन लागिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । 

एक मतदानस्थलमा सुरक्षा व्यवस्था मजबुत बनाउन यसअघि ११ देखि ३३ जनासम्म सुरक्षाकर्मी राखिएकोमा आसन्न निर्वाचनमा कम्तीमा २० जना सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षाकर्मीको संख्या वृद्धि गर्न नुवाकोट प्रशासनले गृहमन्त्रालयसँग थप जनशक्ति माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य