प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा "/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा वाम गठबन्दनबाट भट्टको सम्भावना बढ्यो, सदूरपश्चिममा ११ सिट

२०७४, २ कार्तिक बिहीबार ०७:३१

कात्तिक २, बैतडी (सास) | प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट एमालेका प्रर्मानन्द भट्टको सम्भाना बढेको छ । 

प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा रहेका १६ सिटहरुमध्ये बैतडीको एक सिट लगायत ११ सिट एमालेको भागमा परेका एमाले जिल्ला कमिटीबाट सिफारिस भएका पुर्व राज्यमन्त्रि दामोदर भण्डारी र एमाले नेता प्रर्मानन्द भट्ट मध्ये चुनावको टिकेट कस्ले पाउने भन्ने बारेमा निश्चित नभएपनि नेता प्रर्मानन्द भट्टले पाउने सम्भावनाना भएको एक श्रोतले बताएको छ ।

श्रोतका अुनसार बैतडी जिल्लास्थित माओबादी केन्द्रका नेताहरुले पनि प्रर्मानन्द भट्टलाई टिकेट दिनु उपयुक्त भएको बताएपछि उनको सम्भावना बढेको हो ।  माओबादी केन्द्रले प्रतिनिधिसभाको लागि बैतडी आफ्नो हुनुपर्ने अडान राखेका थिए । तर भट्टलाई प्रतिनिधिसभामा ल्याए आफु प्रदेशसभामानै रहने माओबादीको सहमती भएपछि प्रतिनिधिसभाका लागि बैतडीबाट प्रर्मानन्द भट्टको सम्भावना बलियो देखिएको हो ।  

यस्तै बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।

यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ ।

प्रतिनिधिसभामा एमालेलाई ११ सिट

कैलाली – ३ सिट (क्षेत्र नम्बर १,  २  र ५ मा एमालेले लड्ने)

कंचनपुर – २ सिट (तर १ सिटको लागि माओवादीले दावी गरेको छ)

बैतडी – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

दार्चुला – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बझाङ – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बाजुरा – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

डोटी – एमाले  (जिल्लामा १ क्षेत्र मात्र रहेको)

अछाम – १ सिट (क्षेत्र नम्बर १ मा भीम रावल उम्मेदवार बन्नेछन् )

प्रतिनिधिसभामा माओवादीलाई ५ सिट

कैलाली – २ सिट (कैलालीमा माओवादी नेता लेखराज भट्ट कैलाली(४ बाट लड्नेछन् भने ३ नम्बर निर्वाचन क्षेत्र पनि माओवादीले पाउनेछ ।)

कंचनपुर -  १ सिट (क्षेत्र नम्बर १ दिने निश्चित, यहाँ प्रचण्डकि बुहारी बिना मगर लड्ने चर्चा छ । त्यस्तै यो जिल्लामा माओवादीले अर्को १ सिट दावी गरेको छ ।)

डडेल्धुरा – १ सिट (यो प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि हो । यहाँ माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् ।)

अछाम – १ सिट (क्षेत्र नम्बर २ मा माओवादीलाई दिने निश्चित भएको छ ।)

नेताहरुले प्रदेश नम्बर ७ मा अब कंचनपुरमा माओवादीले दावी गरे अनुसार १ सिटमा मात्र कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने