प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा "/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा वाम गठबन्दनबाट भट्टको सम्भावना बढ्यो, सदूरपश्चिममा ११ सिट

२ कार्तिक २०७४, बिहीबार ०७:३१

कात्तिक २, बैतडी (सास) | प्रतिनिधिसभा चुनावका लागि बाम गठबन्धनबाट एमालेका प्रर्मानन्द भट्टको सम्भाना बढेको छ । 

प्रतिनिधिसभाका लागि सुदूरपश्चिममा रहेका १६ सिटहरुमध्ये बैतडीको एक सिट लगायत ११ सिट एमालेको भागमा परेका एमाले जिल्ला कमिटीबाट सिफारिस भएका पुर्व राज्यमन्त्रि दामोदर भण्डारी र एमाले नेता प्रर्मानन्द भट्ट मध्ये चुनावको टिकेट कस्ले पाउने भन्ने बारेमा निश्चित नभएपनि नेता प्रर्मानन्द भट्टले पाउने सम्भावनाना भएको एक श्रोतले बताएको छ ।

श्रोतका अुनसार बैतडी जिल्लास्थित माओबादी केन्द्रका नेताहरुले पनि प्रर्मानन्द भट्टलाई टिकेट दिनु उपयुक्त भएको बताएपछि उनको सम्भावना बढेको हो ।  माओबादी केन्द्रले प्रतिनिधिसभाको लागि बैतडी आफ्नो हुनुपर्ने अडान राखेका थिए । तर भट्टलाई प्रतिनिधिसभामा ल्याए आफु प्रदेशसभामानै रहने माओबादीको सहमती भएपछि प्रतिनिधिसभाका लागि बैतडीबाट प्रर्मानन्द भट्टको सम्भावना बलियो देखिएको हो ।  

यस्तै बाम गठबन्धनबीच प्रदेश नम्बर ७ का सबै स्थानमा प्रारम्भिक टुंगो लगाएका छन् । प्रदेश नम्बर ७ मा प्रतिनिधिसभाका १६ सिट मध्ये ५ सिट माओवादीलाई दिने टुंगो लागेको छ ।

यहाँ माओवादी केन्द्रले प्रदेशसभा अन्तर्गत १२ सिट मागेकोमा ११ सिटको लागि टुंगो लागेको छ ।

प्रतिनिधिसभामा एमालेलाई ११ सिट

कैलाली – ३ सिट (क्षेत्र नम्बर १,  २  र ५ मा एमालेले लड्ने)

कंचनपुर – २ सिट (तर १ सिटको लागि माओवादीले दावी गरेको छ)

बैतडी – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

दार्चुला – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बझाङ – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

बाजुरा – एमाले (जिल्लामा १ क्षेत्र मात्र रहेको)

डोटी – एमाले  (जिल्लामा १ क्षेत्र मात्र रहेको)

अछाम – १ सिट (क्षेत्र नम्बर १ मा भीम रावल उम्मेदवार बन्नेछन् )

प्रतिनिधिसभामा माओवादीलाई ५ सिट

कैलाली – २ सिट (कैलालीमा माओवादी नेता लेखराज भट्ट कैलाली(४ बाट लड्नेछन् भने ३ नम्बर निर्वाचन क्षेत्र पनि माओवादीले पाउनेछ ।)

कंचनपुर -  १ सिट (क्षेत्र नम्बर १ दिने निश्चित, यहाँ प्रचण्डकि बुहारी बिना मगर लड्ने चर्चा छ । त्यस्तै यो जिल्लामा माओवादीले अर्को १ सिट दावी गरेको छ ।)

डडेल्धुरा – १ सिट (यो प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि हो । यहाँ माओवादी नेता खगराज भट्ट उम्मेदवार बन्ने भएका छन् ।)

अछाम – १ सिट (क्षेत्र नम्बर २ मा माओवादीलाई दिने निश्चित भएको छ ।)

नेताहरुले प्रदेश नम्बर ७ मा अब कंचनपुरमा माओवादीले दावी गरे अनुसार १ सिटमा मात्र कुरा मिल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो