२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु

२०८२, १८ चैत्र बुधबार १४:२३

काठमाडौँ | नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु भएको छ । देउवा पक्षका नेताहरूले समानान्तर गतिविधि बढाएसँगै उक्त विषयमा निर्णयका लागि बैठक बसिरहेको हो । पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक जारी रहेको मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

कांग्रेस संस्थापन इतर पक्षले विज्ञप्ति जारी गर्ने निर्वाचित सांसदलाई प्रशिक्षण दिने कार्य गरेपछि संस्थापन पक्षले कारबाहीको तयारी गरिरहेको छ । नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिकै हैसियतमा पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको गिरफ्तारीबारे विज्ञप्ति प्रकाशित गरेका थिए । उक्त विषयमा संस्थापन पक्षले आपत्ति जनाएको छ ।

विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिए पनि देउवा पक्षले समानान्तर गतिविधि गरिरहेका छन् । सर्वोच्च अदालतको फैसला नआउँदासम्म गगन थापालाई सभापति नमान्ने उनीहरूको निष्कर्ष छ ।

कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्चमा परेको मुद्दाको सुनुवाइ चैत २२ गते तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान