टेक शाही | कात्तिक ५, डोल्पा | आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् ।

<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... टेक शाही | कात्तिक ५, डोल्पा | आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् ।

<"/>
२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डोल्पामा हर्स र उल्लासमा मनोनयन दर्ता सम्पन्न, ११ जना मात्र उम्मेद्वार

२०७४, ५ कार्तिक आईतवार १४:१०

टेक शाही | कात्तिक ५, डोल्पा | आगामि मंसिर १० मा हुन गईरहेको संघ र प्रदेशको चुनावका लागि डोल्पाका विभिन्न राजनितिक दलहरुले पनि मनोनयन दर्ता सम्पन्न गरेका छन् ।

आईतबार सदरमुकाम दुनै स्थित मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेको पकट क्षेत्र मानिने डोल्पामा सबैभन्दा पहिले नयाशक्ति नेपालले उम्मेद्वारी दर्ता गराएको थियो ।

नयाँशक्ति नेपालले प्रदेश नं २ बाट पुष्पराज बुढालाई उम्मेद्वार बनाएको छ भने संघ र प्रदेश नं १ बाट भने उम्मेद्वार खडा गरेको छैन् ।

त्यसैगरि राप्रपा प्रजातान्त्रीकबाट निर्वाचन प्रदेश नं १ बाट कर्ण बुढाले उम्मेद्धारी दिएका छन् भने राप्रपा प्रजातान्तीकले संघ र प्रदेश नं २ बाट उम्मेद्वार खडा गरेको छैन् ।हाल सरकारमै रहेको भएपनि काङ्ग्रेस सँग तालमेल गर्ने भन्ने कुरा निश्चित नभएको बताईएको छ ।

त्यसैगरि बामगठबन्धन बाट संघमा एमालेका तर्फबाट पुर्व सांसद धन बहादुर बुढाको उम्मेद्वारी परेको छ । त्यसैगरि प्रदेश सभा निर्वाचन क्षेत्र नं १ बाट एमालेका नन्द सिंह बुढा र क्षेत्र नं २ बाट माओबादी केन्द्रका बिर बहादुर शाहीको उम्मेद्वारी दर्ता गरिएको गठबन्धनले जानकारी दिएको छ ।


माओबादी केन्द्र र एमालेको गठबन्धन अनुसार प्रतिनिधि सभा र निर्वाचन क्षेत्र नं १ बाट माओबादी केन्द्रले उम्मेद्वारी दर्ता गराउने छैन भने सहमति अनुसार प्रदेश नं २ बाट एमाले उम्मेद्वारी दर्ता नगराउने भएको छ ।

डोल्पामा पनि बामगठबन्धनले बाजा गाजा सहित दुनै बजार परिक्रमा गरेर मुख्य निर्वाचन कार्यालयमा उम्मेद्वारी दर्ता गराएको थियो ।

त्यसैगरि नेपाली काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभाकालागि जिल्ला पार्टी सभापती अंगत कुमार बु्ढाले उम्मेद्वारी दर्ता गराएका छन् भने प्रदेश क्षेत्र नं १ बाट बेगम सिंह ठकुरी र क्षेत्र नं २ बाट शुरेस शाहीले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।काङ्ग्रेसले पनि बाजागाजा सहित बजार परिक्रमा गरेर उम्मेद्वारी दर्ता गराएको थियो ।

प्रतिनिधि सभामा मालेबाट हर्क बहादुर ठकुल्लाले उम्मेद्वारी दिएका छन भने प्रदेश सभामा कुनै पनि उम्मेद्वारी नदिएको मालेले जानकारि दिएको छ । 

मँसिर १० मा हुने निर्वाचनका लागि २ वटा प्रतिनिधि सभा र ७ वटा प्रदेश सभाको लागि उम्मेद्धारि दर्ता भएको मूख्य निर्वाचन अधिकृत रमेश ज्ञवालीले जानकारि दिए । उनले भने निर्वाचन प्रदेश नं १ बाट जगत बहादुर कठायत र प्रदेश नं २ बाट जय बहादुर डासलले स्वतन्त्रबाट उम्मेदारी दिएको बताए । 

जम्मा गरेर डोल्पा जिल्लाबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरि ११ जनाको उम्मेद्वारि परेको छ । बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म समय भए पनि ५ बजे भन्दा पहिले नै मनोनयनको काम सकिएको जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ । 

हर्स,उल्लास र शान्तिपुर्ण तरिकाले मनोनयन दर्ता कार्यक्रम सम्पन्न भएको मुख्य निर्वाचन कार्यालयले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने