२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने

२०८२, १८ चैत्र बुधबार १५:२१

काठमाडौँ | माध्यमिक शिक्षा परीक्षा (एसइई) भोलिदेखि सुरू हुँदैछ। परीक्षा चैत २९ गतेसम्म चल्नेछ। परीक्षा सकिएको ३ दिनभित्रै विद्यार्थीका उत्तरपुस्तिका परीक्षण गर्ने तयारी छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले यसपालि उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र एक महिनाभित्रै परीक्षाफल (रिजल्ट) निकाल्ने तयारी रहेको जानकारी दिए। राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र रिजल्ट निकाल्ने गरी कार्यतालिका नै बनाएर सर्कुलर गर्ने तयारी गरेको हो।

विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा संकलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्ने गर्दा परीक्षाफल प्रकाशनमा ढिलाइ हुने गरेको थियो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका थिए। सोअनुसार राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै परीक्षाफल निकाल्ने गरी तयारी गरेको छ।

उत्तरपुस्तिका परीक्षण गरेर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्ताङ्क बोर्डमा पठाउनेछ। बोर्डले इन्ट्री तथा रूजु गरी परीक्षाफल प्रकाशित गर्नेछ। बोर्डका अनुसार वैशाख मसान्तसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी छ। यसपालि एसइई परीक्षाका लागि कूल १९ सय ६६ वटा परीक्षा केन्द्र छ भने पाँच लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी परीक्षामा सहभागी हुनेछन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी