बैतडीमा ६ दलद्वारा उमेदबारी दर्ता

Posted on: 22 Oct, 2017

नरी बडु | कात्तिक ५, बैतडी । बैतडीमा ६ दलले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उमेदबारी दर्ता गरेका छन् । नेकपा एमाले–माओबादीको बाम गठबन्धन र नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रित गठबन्धन लगायतले आज मुख्य निर्वाचन कार्यालयमा आ–आफ्नो उमेदबारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाका लागि कांग्रेस राप्रपा गठबन्धनबाट बाणिज्य राज्यमन्त्री नरबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।

लोकतान्त्रित गठबन्धनबाट प्रदेश सभाको क्षेत्रनं. १ बाट कांग्रेसका हरिमोहन भण्डारी र २ बाट राप्रपाका गणेशबहादुर चन्दको मनोनयन दर्ता भएको छ । बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेबाट पुर्व अर्थराज्यमन्त्रि दामोदर भण्डारी उमेद्वार बनेका छन् । क्षेत्र नं. १ मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र २ मा एमालेका लिलाधर भट्टको मनोनयन दर्ता भएको छ ।


यस्तै बिबेकशील साझा पार्टीका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका बिरेन्द्रसिह भण्डारी, जन समाजवादी पार्टी नेपालका धनबहादुर बोहरा र एकिकृत राप्रपा राष्ट्रबादीका त्रिलोक चन्दले पनि प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका छन् ।

बैतडी क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अर्जुनसिह मडै र जनसमाजबादी पार्टी नेपालका भगिरथ कुवरको पनि मनोनयन दर्ता भएको छ ।

क्षेत्र नम्बर २ मा भने बाम र लोकतान्त्रित गठबन्धन बाहेक अरुले मनोनयन दर्ता गराएका छैनन् ।

सारा कम्यूनिष्टहरु एक भएर आएकाले सारा लोकतान्त्रि शक्ति एक भएर प्रतिनिधि र प्रदेश सभामा लड्नुपरेको बाणिज्य राज्य मन्त्रि एवम् लोकतान्त्रित गठबन्धन (काग्रेस) का प्रतिनिधिसभा उमेदबार नरबहादुर चन्दको भनाई छ ।

देशमा जारी गरीएको संविधानलाई कार्यान्वयन गर्दै आत्मानिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजबादको दिशातर्फ अघि बढ्न आफुहरुको उमेदबारी भएको बाम गठबन्धन (एमाले) का प्रतिनिधिसभा उमेदबार दामोदर भण्डारीको भनाई छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!