२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा ६ दलद्वारा उमेदबारी दर्ता

२०७४, ५ कार्तिक आईतवार १४:२०

नरी बडु | कात्तिक ५, बैतडी । बैतडीमा ६ दलले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उमेदबारी दर्ता गरेका छन् । नेकपा एमाले–माओबादीको बाम गठबन्धन र नेपाली कांग्रेस र राप्रपाको लोकतान्त्रित गठबन्धन लगायतले आज मुख्य निर्वाचन कार्यालयमा आ–आफ्नो उमेदबारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभाका लागि कांग्रेस राप्रपा गठबन्धनबाट बाणिज्य राज्यमन्त्री नरबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।

लोकतान्त्रित गठबन्धनबाट प्रदेश सभाको क्षेत्रनं. १ बाट कांग्रेसका हरिमोहन भण्डारी र २ बाट राप्रपाका गणेशबहादुर चन्दको मनोनयन दर्ता भएको छ । बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेबाट पुर्व अर्थराज्यमन्त्रि दामोदर भण्डारी उमेद्वार बनेका छन् । क्षेत्र नं. १ मा माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र २ मा एमालेका लिलाधर भट्टको मनोनयन दर्ता भएको छ ।


यस्तै बिबेकशील साझा पार्टीका नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाका बिरेन्द्रसिह भण्डारी, जन समाजवादी पार्टी नेपालका धनबहादुर बोहरा र एकिकृत राप्रपा राष्ट्रबादीका त्रिलोक चन्दले पनि प्रतिनिधिसभामा मनोनयन दर्ता गराएका छन् ।

बैतडी क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चाका अर्जुनसिह मडै र जनसमाजबादी पार्टी नेपालका भगिरथ कुवरको पनि मनोनयन दर्ता भएको छ ।

क्षेत्र नम्बर २ मा भने बाम र लोकतान्त्रित गठबन्धन बाहेक अरुले मनोनयन दर्ता गराएका छैनन् ।

सारा कम्यूनिष्टहरु एक भएर आएकाले सारा लोकतान्त्रि शक्ति एक भएर प्रतिनिधि र प्रदेश सभामा लड्नुपरेको बाणिज्य राज्य मन्त्रि एवम् लोकतान्त्रित गठबन्धन (काग्रेस) का प्रतिनिधिसभा उमेदबार नरबहादुर चन्दको भनाई छ ।

देशमा जारी गरीएको संविधानलाई कार्यान्वयन गर्दै आत्मानिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजबादको दिशातर्फ अघि बढ्न आफुहरुको उमेदबारी भएको बाम गठबन्धन (एमाले) का प्रतिनिधिसभा उमेदबार दामोदर भण्डारीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश