2026-10-19 08:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

ओली र लेखकको म्याद थप गरिँदै

काठमाडौँ | जेन-जी आन्दोलन जाँचबुझ प्रतिवेदनको सिफारिसबमोजिम पक्राउ परेका एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई थप हिरासतमा राख्न म्याद थप गरिँदैछ ।

जिल्ला प्रहरी परिसर, भद्रकालीका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार लेखकलाई भौतिक रूपमै जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराएर र ओलीलाई सकेसम्म भौतिक, चिकित्सकले अनुमति नदिएमा भर्चुअल विधिबाट म्याद थप गरिने भएको छ । त्यसका लागि प्रहरी टोली ओलीको स्वास्थ्य स्थिति बुझ्न महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेको उनले बताए । ‘यदि उहाँलाई ल्याउन नमिल्ने रहेछ भने सरकारी वकिलको कार्यालयलाई त्यही जानकारी गराइदिन्छौँ, उहाँहरूले भर्चुवल रूपमा गरौँ भन्न सक्नुहुन्छ’, उनले भने ।

शनिबार पक्राउ परेका ओली र लेखकको आइतबार १० दिनका लागि अनुसन्धानको म्याद माग्दै प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा पेश गरेको थियो । तर, जिल्ला अदालतका न्यायाधीश आनन्दप्रसाद श्रेष्ठले ५ दिनको मात्रै म्याद दिए । अनुसन्धानका लागि आवश्यक पर्ने म्याद थपका निम्ति फेरि सिफारिस गरिएको भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ