2026-08-02 10:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

भाडा नबढाए देशभरका गाडी ठप्प पार्छौँ : यातायात व्यवसायी

काठमाडौँ | सरकारले पेट्रोलियम पदार्थको मूल्यमा लगातार वृद्धि गरे पनि सार्वजनिक यातायातको भाडा समायोजन नभएको भन्दै यातायात व्यवसायीले सेवा नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भाडा बढाउन अन्तिम चेतावनी दिँदै सो कुरा बताएको हो । आयल निगमले छोटो अन्तरालमै तीन पटकसम्म डिजेल र पेट्रोलको मूल्य बढाएर पनि सवारी साधनको भाडा नबढेकोले तत्काल नै भाडा वृद्धि गर्न माग गरेको हो ।

महासंघले अब पनि सरकारले भाडा नबढाए देशभरको यातायात सेवा ठप्प पार्ने वा आफैँ भाडादर घोषणा गर्ने निर्णय गरेको छ । हवाई इन्धनको मूल्य बढ्ने बित्तिकै हवाई भाडा तत्काल समायोजन हुने तर लाखौँ सर्वसाधारण जोडिएको सार्वजनिक यातायातको हकमा सरकारले बेवास्ता गरेको भन्दै आफैँ भाडा वृद्धि गर्ने घोषणा गरेको हो ।

महासंघका महासचिव डेकनाथ गौतमद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था विभागले वैज्ञानिक भाडा समायोजन विधिअनुसार गर्न माग गरिएको छ । यात्रुवाहक सवारीमा ११.३३ प्रतिशत र मालवाहक सवारीमा तराई तथा पहाडमा क्रमशः ८.८१ र १४.२९ प्रतिशत भाडा बढाउन सिफारिस गरिसक्दा पनि मन्त्रालयले फाइल थन्काएर राखेको छ । २०७२ सालदेखि १३ वटा मुख्य सूचकहरुका आधारमा भाडा समायोजन नभएको र अहिले दैनिक लाखौँ रुपैयाँ घाटा सहेर व्यवसाय सञ्चालन गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाे छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘पटक–पटकको अनुरोधलाई सरकारले कमजोरी ठानेको भन्दै महासंघले अब घाटा खाएर सेवा दिन सक्दैन । सरकारले तत्काल निर्णय नलिए वैज्ञानिक विधिलाई नै आधार बनाएर व्यवसायीहरूले स्वतःस्फूर्त रुपमा भाडा वृद्धि गर्ने चेतावनी दिएका छन् । भाडा समायोजन नगरेमा त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राज्य नै हुने भन्दै छ,’ विज्ञप्तिमा उल्लेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन भएको पुष्टि विश्वविद्यालयको छतबाट हाम फालेर आज एक विद्यार्थीको मृत्यु चर्चित आरोही निर्मल पुर्जाको निधन कुवेतमा ड्रोन हमलामा परी मृत्यु भएका सोमकुमारको शव नेपाल ल्याइँदै हेटौंडामा किशोरी मृत फेला विदेश पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ एलपी ग्यासको अभाव नरहेको आयल निगमको दाबी, नपाए हटलाइनमा सम्पर्क गर्न आग्रह ब्रड पिकमा आज पुनः उद्धार उडान सञ्चालन जनकपुरधाममा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी लाइफ र लाइकबीच रोज्नुपरे लाइफ रोज्न सक्ने नेता बन्नुपर्छ: गगन थापा वीरगञ्जमा आज पनि निषेधाज्ञा जारी सामाजिक सद्भाव सुदृढ बनाउन सरकार योजनाबद्ध रूपमा लागिपरेको छ: प्रधानमन्त्री साह राष्ट्रियसभाको बैठक साउन १८ गते सम्मका लागि स्थगित साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजारमा हरियाली वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ म संघीयता विरोधी होइन : प्रधानमन्त्री शाह राष्ट्रपति पौडेलद्वारा पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति समवेदना प्रकट कुनै पनि विषय वस्तुमा तर्क राख्नुअघि संयमित बनौँ: गगन थापा रवि लामिछानेले गरे धार्मिक अगुवाहरूसँग छलफल ब्रोड पिक हिमपहिरोमा बेपत्तामध्ये चार जनाको शव फेला