२०८२, २८ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्ति बाम गठबन्धनबाट बाहिरिएपछि नेता बुढ्थापाको राजीनामा

२०७४, ७ कार्तिक मंगलवार ०४:३०

कात्तिक ७, जुम्ला | नेपालका पुराना बामनेता तथा नयाँ शक्ति नेपालका सल्लाहकार नेता रामकृष्ण बुढ्थापाले नयाँ शक्तिबाट राजीनामा दिनुभएको छ । ७५ वर्षका नेता बुढ्थापाले देशमा बृहत बामपन्थी एकताको अभियान शुरु भएको समयमा पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले बामघटक छोडेर कांग्रेससँग तालमेल गरेको भन्दै आफूले राजीनामा जिल्ला पार्टीमार्फत केन्द्रलाई दिएको बताउनुभयो ।

उहाँले देशमा समाजवादको कल्पना गरिरहेको समयमा बाबुरामले कांग्रेससँग तालमेल गरेको भन्दै आफूले राजीनामा दिएको बताउनुभयो । उहाँले थप्नुभयो कांग्रेससँग कुनै केही नमिल्ने भएको र देशभर सल्लाह नगरी मनपरी तरिकाले चुनाव जित्नका लागि मात्र भट्टराई आफू सुरक्षित भएको आरोपसमेत लगाउनुभयो ।

नयाँ शक्तिले बुढ्थापालाई जुम्लाबाट प्रतिनिधीसभाको सदस्यको टिकट दिएको थियो । सोही बिषयलाई लिएर उहाँले आफ्नो राजीनामा भएको र अब आफू यो देशमा समाजवादको बाटो ल्याउन बाहिरी सल्लाहाकारको रुपमा सहयोग गर्दै बस्ने बताउनुभयो ।

को हुन बुढ्थापा ?

जुम्ला चन्दननाथ नगरपालिका–३ निवासी नेता बुढ्थापा नेपाल मजदुर किसानपार्टीका केन्द्रीय उपाध्यक्षसमेत हुनुहुन्थ्यो । उहाँ नेमकिपा जुम्लाको जन्मदाताको रुपमा पनि चिनिनु हुन्छ । उहाँले बिसं २०३६ सालमा जुम्लामा नेमकिपाको संगठन खोल्न महत्वपूर्ण योगदान पुर्याउनु भएको थियो । जसका कारण आज पनि जुम्लामा चर्चामा आउने धेरै बामपन्थी नेताहरु नेमकिपाका भूतपूर्व नेताहरु हुनुहुन्छ । उहाँको अगुवाईमा नेमकिपाले जुम्लामा २०४८ साल र २०५२ मा संसदीय निर्वाचन पनि जितेको थियो ।

बुढ्थापाले नेमकिपालाई सशस्त्र विद्रोहको रुपमा अगाडि बढाउने नेताको रुपमा तत्कालिन नेमकिपा आन्तरिक अभियान थाल्नुभयो । तर त्यो सफल नहुँदै २०५२ सालमा माओवादीले रुकुम रोल्पाबाट सशस्त्र आन्दोलन शुरु गरेको उहाँ बताउनु हुन्छ । पार्टी भित्र फरक विचारको वहस गर्दा आफूलाई नेमकिपाले केन्द्रीय उपाध्यक्षको पद खोसेको बताउनु भयो । कम्युनिष्ट आन्दोलनका लागि वुढ्थापाले जुम्लामा पटक पटक थालेको आन्दोलनका कारण कर्णालीका विभिन्न जेलमा दशक बढी जेल समय बिताउनुभएको छ । उहाँले नेपालमा एमाले, माओवादीसहित नेपाालका कम्युनिष्टहरुको एकताको दिन कुरिहरेका बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने