२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

को हुन् अम्बिरबाबु गुरुङ ? जसले काँग्रेसको निद हराम गराए

७ कार्तिक २०७४, मंगलवार ०९:५५

कात्तिक ७,अाेखलढुंगा । नेकपा एमालेको नेतृत्वमा बनेको वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) संघीय प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि काँग्रेसको टाउको दुखाइको विषय बनेको छ  । अझ ओखलढुंगा जस्तो गढ मान्दै आएको जिल्लामा एमालेका दुई जना नेताहरुले काँग्रेसको निद हराम गराएका छन् । जनताका बीचमा अति नै लोकप्रिय र मृदुभाषी नेताहरु यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङको ०७४ मंसिर १० गते हुने निर्वाचनमा उम्मेदवारी दर्तापछि काँग्रेस उम्मेदवाहरुको ओठमुख मात्र सुकेका छैनन्, उनीहरुको टिकट फिक्स भएपछि काँग्रेसभित्र कसले उम्मेदवारी दिने भन्ने विवादमा टिकट खोसाखोस भएको छ । त्यसको एउटै कारण प्रदेशसभा सदस्य निर्वाचनमा अम्बिरबाबुसँग प्रतिस्पर्धा गर्ने नेता खोज्दा एउटालाई दिइएको टिकट अर्कैको भागमा परेको छ भने एक क्षेत्रका नेता अर्को क्षेत्रमा गएर निर्वाचन लड्न लड्न बाध्य भएका छन् । काँग्रेसले उनीसँग प्रतिस्पर्धा गर्न सक्ने नेता नभएर ओखलढुंगाबाट काण्ठमाण्डौ गएर समाजसेवा गर्दै आएका समाजसेवी तथा पुराना नेता मित्रसेन दाहाललाई टिकट दिएर चुनावमा उतारेको छ ।

को हुन् अम्बिरबाबु ?

राजनीितिसँगै समाजसेवालाई अघि बढाएका एमाले नेता अम्बिरबाबु गुरुङ सामाजिक कामबाट जिल्लामा स्थापित भएका छन् । उनी सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका बासिन्दा हुन् ।

उनी मालेकालीन समयमै नेकपा मालको सदस्यता लिएर राजनितिमा होमिएका थिए । ०५३ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरे । ०५४ को स्थानीय निर्वाचनमा रुम्जाटार गाविसमा उनकै कमाण्डमा नेकपा एमालेले निर्वाचन परिचालन गरेको थियो । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टहरुलाई जिताएर चर्चामा आएका गुरुङ ०५६ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । ८ वर्षपछि फेरि गुरुङ यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदर बनेका छन् ।

के के गरे अम्बिरले ?

युवाहरुलाई राजनीतिसँगै व्यवसाय र खेलकुदमा परिचालन गर्नु पर्ने मान्यता राख्ने उनी द्वन्दको समयमा अमेरिका र बेज्लियम लगायतका देशमा समेत व्यवसाय गर्दै खेल क्षेत्रमा क्रियाशील थिए ।

उनकै अगुवाइमा अहिले साविक रुम्जाटार गाविसभरिका युवा क्लबहरु मर्ज गरेर रुम्जाटार युनाइटेड क्लब निर्माण गरे । उक्त क्लबले अहिले मोफसलकै सबैभन्दा बढी पुरस्कार राशिका फुटबल र भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेकपा एमालेको भवन निर्माण गर्न जग्गा प्राप्त हुनासाथ उनले पहिलो तला बनाइदिने घोषणा गरेर पहिलो तला निर्माण गर्न बजेट उपलब्ध गराएका थिए । उनी नेकपा एमालेको ०७१ फागुनको आठौं जिल्ला अधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भए । अहिले पनि उनी एमालेको आर्थिक विभागका प्रमुख छन् ।

उनले विपन्न परिवारका १०० बालबालिकारुलाई विभिन्न निजी विद्यालयहरुमा आवाससहित निशुल्क पढाएर चर्चामा रहेका छन् । जिल्लामा हुने खेल क्षेत्रका सबै गतिविधीहरुमा गुरुङकै अगुवाइ र आर्थिक सहयोग रहने गरेका कारण युवापंति उनकै प्रचारमा जुटेका छन् । समाजिक र आर्थिक रुपमा समस्यामा परेका व्यक्तिलाई सर्धैं सहयोग गर्ने स्वभावका कारण उनी बाम गठबन्धनका ओखलढुंगाका सशक्त र लोकप्रिय उम्मेदवार बनेका छन् । युवा पंक्ति उनकै पक्षमा देखिएपछि नेपाली काँग्रेसको अहिले निद हराम भएको हो ।

ओखलढुंगाको रुम्जटारमा बन्न लागेको १ नं. प्रदेशकै सबैभन्दा ठूलो बौद्ध गुम्वा निर्माणका लागि सबैभन्दा पहिले सहयोग उपलब्ध गराएर धार्मिक पर्यटन भित्र्याउन थालिको अभियान धमाधम चलिरहेको छ । यस्ता समाजिक कामबाट आम मतदाता प्रभावित बनेका कारण उनले काँग्रेसका उम्मेदवारभन्दा ६ हजार बढी मत अन्तरले जित हासिल गर्ने आँकलन समेत गरिएको छ ।

उनकै अगुवाइमा नेकपा एमालेको जिल्ला कार्यालय भवन पहिलो तलाको जग बनेपछि अहिले सदरमुकाममा विशाल भवन निर्माण सम्पन्न भएको छ । यो भवन निर्माण गर्न कमाण्ड गरेका यज्ञराज सुनुवार, आर्थिक व्यवस्थापन गरेका अम्बिर र अर्का नेता सिताराम गुरुङ यो निर्वाचनमा पनि एक सुत्रीय अभियानमा जुटेकाले गठबन्धनका उम्मेदवारको जीत सहज देखिएको छ ।  


वाम गठबन्धनको मतले काँग्रेसलाई गढमै रेड जोनमा धकेलिदिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य