२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

को हुन् अम्बिरबाबु गुरुङ ? जसले काँग्रेसको निद हराम गराए

२०७४, ७ कार्तिक मंगलवार ०९:५५

कात्तिक ७,अाेखलढुंगा । नेकपा एमालेको नेतृत्वमा बनेको वाम गठबन्धन (एमाले र माओवादी केन्द्र) संघीय प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि काँग्रेसको टाउको दुखाइको विषय बनेको छ  । अझ ओखलढुंगा जस्तो गढ मान्दै आएको जिल्लामा एमालेका दुई जना नेताहरुले काँग्रेसको निद हराम गराएका छन् । जनताका बीचमा अति नै लोकप्रिय र मृदुभाषी नेताहरु यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङको ०७४ मंसिर १० गते हुने निर्वाचनमा उम्मेदवारी दर्तापछि काँग्रेस उम्मेदवाहरुको ओठमुख मात्र सुकेका छैनन्, उनीहरुको टिकट फिक्स भएपछि काँग्रेसभित्र कसले उम्मेदवारी दिने भन्ने विवादमा टिकट खोसाखोस भएको छ । त्यसको एउटै कारण प्रदेशसभा सदस्य निर्वाचनमा अम्बिरबाबुसँग प्रतिस्पर्धा गर्ने नेता खोज्दा एउटालाई दिइएको टिकट अर्कैको भागमा परेको छ भने एक क्षेत्रका नेता अर्को क्षेत्रमा गएर निर्वाचन लड्न लड्न बाध्य भएका छन् । काँग्रेसले उनीसँग प्रतिस्पर्धा गर्न सक्ने नेता नभएर ओखलढुंगाबाट काण्ठमाण्डौ गएर समाजसेवा गर्दै आएका समाजसेवी तथा पुराना नेता मित्रसेन दाहाललाई टिकट दिएर चुनावमा उतारेको छ ।

को हुन् अम्बिरबाबु ?

राजनीितिसँगै समाजसेवालाई अघि बढाएका एमाले नेता अम्बिरबाबु गुरुङ सामाजिक कामबाट जिल्लामा स्थापित भएका छन् । उनी सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका बासिन्दा हुन् ।

उनी मालेकालीन समयमै नेकपा मालको सदस्यता लिएर राजनितिमा होमिएका थिए । ०५३ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरे । ०५४ को स्थानीय निर्वाचनमा रुम्जाटार गाविसमा उनकै कमाण्डमा नेकपा एमालेले निर्वाचन परिचालन गरेको थियो । पहिलोपटक रुम्जाटारमा कम्युनिष्टहरुलाई जिताएर चर्चामा आएका गुरुङ ०५६ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार थिए । ८ वर्षपछि फेरि गुरुङ यस क्षेत्रबाट प्रदेश सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदर बनेका छन् ।

के के गरे अम्बिरले ?

युवाहरुलाई राजनीतिसँगै व्यवसाय र खेलकुदमा परिचालन गर्नु पर्ने मान्यता राख्ने उनी द्वन्दको समयमा अमेरिका र बेज्लियम लगायतका देशमा समेत व्यवसाय गर्दै खेल क्षेत्रमा क्रियाशील थिए ।

उनकै अगुवाइमा अहिले साविक रुम्जाटार गाविसभरिका युवा क्लबहरु मर्ज गरेर रुम्जाटार युनाइटेड क्लब निर्माण गरे । उक्त क्लबले अहिले मोफसलकै सबैभन्दा बढी पुरस्कार राशिका फुटबल र भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

नेकपा एमालेको भवन निर्माण गर्न जग्गा प्राप्त हुनासाथ उनले पहिलो तला बनाइदिने घोषणा गरेर पहिलो तला निर्माण गर्न बजेट उपलब्ध गराएका थिए । उनी नेकपा एमालेको ०७१ फागुनको आठौं जिल्ला अधिवेशनबाट सचिवालय सदस्य निर्वाचित भए । अहिले पनि उनी एमालेको आर्थिक विभागका प्रमुख छन् ।

उनले विपन्न परिवारका १०० बालबालिकारुलाई विभिन्न निजी विद्यालयहरुमा आवाससहित निशुल्क पढाएर चर्चामा रहेका छन् । जिल्लामा हुने खेल क्षेत्रका सबै गतिविधीहरुमा गुरुङकै अगुवाइ र आर्थिक सहयोग रहने गरेका कारण युवापंति उनकै प्रचारमा जुटेका छन् । समाजिक र आर्थिक रुपमा समस्यामा परेका व्यक्तिलाई सर्धैं सहयोग गर्ने स्वभावका कारण उनी बाम गठबन्धनका ओखलढुंगाका सशक्त र लोकप्रिय उम्मेदवार बनेका छन् । युवा पंक्ति उनकै पक्षमा देखिएपछि नेपाली काँग्रेसको अहिले निद हराम भएको हो ।

ओखलढुंगाको रुम्जटारमा बन्न लागेको १ नं. प्रदेशकै सबैभन्दा ठूलो बौद्ध गुम्वा निर्माणका लागि सबैभन्दा पहिले सहयोग उपलब्ध गराएर धार्मिक पर्यटन भित्र्याउन थालिको अभियान धमाधम चलिरहेको छ । यस्ता समाजिक कामबाट आम मतदाता प्रभावित बनेका कारण उनले काँग्रेसका उम्मेदवारभन्दा ६ हजार बढी मत अन्तरले जित हासिल गर्ने आँकलन समेत गरिएको छ ।

उनकै अगुवाइमा नेकपा एमालेको जिल्ला कार्यालय भवन पहिलो तलाको जग बनेपछि अहिले सदरमुकाममा विशाल भवन निर्माण सम्पन्न भएको छ । यो भवन निर्माण गर्न कमाण्ड गरेका यज्ञराज सुनुवार, आर्थिक व्यवस्थापन गरेका अम्बिर र अर्का नेता सिताराम गुरुङ यो निर्वाचनमा पनि एक सुत्रीय अभियानमा जुटेकाले गठबन्धनका उम्मेदवारको जीत सहज देखिएको छ ।  


वाम गठबन्धनको मतले काँग्रेसलाई गढमै रेड जोनमा धकेलिदिएको छ। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो