उपसभामुखमा रुबीकुमारी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

साझासवाल
0 Min Read

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर (धनुषा)लाई मतदान गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय शुक्रबार दिउँसो बसेको संसदीय दलको बैठकले उपसभामुखमा ठाकुरलाई मतदान गर्ने निर्णय गरेको हो ।

उपसभामुखको चुनाव शुक्रबार ४ बजे हुँदैछ । त्यसअघि संघीय संसद्को दुवै सदनको बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दैछन् ।

Share This Article