९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अन्तत: एमालेका बागी उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

८ कार्तिक २०७४, बुधबार ०८:५५

सम्राट सिंह | कात्तिक ८, बझाङ | नेकपा एमालेको टिकट वितरण प्रक्रियाबाट असन्तुष्ट बनेर उम्मेदवारी दिएका २ जना बागी उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन । 

एमालेको टिकट बितरण प्रक्रियाबाट असन्तुष्ट बनेका गोपाल बहादुर खड्का र शेर बहादुर बोहराले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन । नेताहरुले आफुनिकट उम्मेदवारहरुलाई टिकट दिएको भन्दै गोपाल बहादुर खडकाले प्रतिनिधि सभा र शेर बहादुर बोहराले प्रदेश सभा (क) मा उम्मेदवारी दिएका थिए ।

मुख्य निर्वाचन कार्यालयले आज ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय राखेको भएपनि बागी उम्मेदवारहरुले साढे ११ बजे उम्मेरवारी फिर्ता लिएको जनाएको छ । 

उम्मेदवार सिफारिसका क्रममा एमालेको निर्वाचन क्षेत्रिय कमिटिमा भएको निर्वाचनमा बढी मत पाउनेलाई टिकट नदिएर कम मत पाउनेलाई केन्द्रले टिकट दिएको प्रति एमाले जिल्ला कमिटी अध्यक्ष दिलबहादुर सिंहं लगायतका केही नेता रुष्ट भएका थिए ।  यस्तै अन्तिम अवस्थामा टिकट केन्द्रिय सदस्य भैरब बहादुर सिंहले पाए पछि पूर्वमन्त्रि भानुभक्त जोशी समर्थक कार्यकर्ताहरु पनि रुष्ट भएको बताइन्छ । 

बझाङमा बाम गठवन्धनको तर्फबाट प्रतिनिधि सभाको लागी भैरबहादुर सिंह र नेपाली काङग्रेसका तर्फबाट पृथ्वीबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । भने प्रदेश तर्फ एमालेका अर्जुन बहादुर थापाले (क) र (ख) मा माओवादी केन्द्रका तर्फबाट देवकी मल्ल (थापा)ले उम्मेदवारी दर्ता गराएका छन । यस्तै नेपाली काङग्रेसबाट प्रदेश सभा (क) लागी चन्द्रा जोशी र (ख) मा पुर्वराज्य मन्त्री नरेश बहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन । 

नेकपा एमाले र माओवादी केन्द्रले बागी उठ्ने उम्मेदवारहरुलाई कहिल्यै उम्मेदवारी बन्न नपाउने गरी कडा कारबार्हि गर्ने निर्णय गरेपछि देशभरका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिने क्रम जारी रहेको छ । 

एमालेका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएपछि बाम गठबन्धनका उम्मेदवारहरुमा खुसी छाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो