९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गोरखा बामपन्थीको किल्ला हो: प्रचण्ड

९ कार्तिक २०७४, बिहीबार ०८:००

कात्तिक ९, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा जिल्ला बामपन्थीहरुको किल्ला रहेको बताउका छन् ।

बिहीबार (आज) बिहान अध्यक्ष प्रचण्डले गोरखा जिल्लामा क्रियाशील नयाँ शक्ति पार्टी, नेपालका दुई दर्जन नेताहरु माओवादी केन्द्रमा प्रवेश गराउदै गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा रहने बताए । 

अध्यक्ष प्रचण्डले भने, ‘गोरखा जिल्ला बामपन्थीहरुको किल्ला हो । गोरखा जिल्लाको राजनीतिक सङ्घर्ष जहिले पनि कम्युनिष्ट र कांग्रेसका बीचमा नै रह्यो । जनयुद्धदेखि सम्पूर्ण राजनीतिक र सामाजिक आन्दोलनमा गोरखा जहिले पनि अग्रगमन र प्रगतिको पक्षमा उभिएको छ । तपाईहरुको पार्टी प्रवेशले गोरखामा प्रतिगामी शक्ति र प्रवृत्ति परास्त हुने र अग्रगामी सोंच र विचारले जित्ने मैले विश्वास लिएको छु ।’

 माओवादी केन्द्रमा प्रवेश गर्ने नेताहरुमा नयाँ शक्ति पार्टीका केन्द्रीय परिषद् सदस्य जीत बहादुर घले, तमु परिषद्का केन्द्रीय सह–ईन्चार्ज आनन्द बहादुर घले, गाउँपालिका संयोजक डम्वरसिंह घले, गाउँ परिषद् सल्लाहकारद्वय डा। जीत बहादुर घले, बल बहादुर घले, बाम बुद्धिजीवी खड्क बहादुर गुरुङ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो