३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

कमल गिरि वचाउ अभियानद्धारा सहयोग रकम हस्तान्तरण

९ कार्तिक २०७४, बिहीबार ०८:५०

प्रेम सुनार/कात्तिक ९, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. १ पौदी अमराई वालुवाका कमल गिरिको उपचारका लागी विदेशमा रहेका नेपालीहरुको तर्फवाट ३ लाख ८१ हजार हस्तान्तरण गरिएको छ । 

कमल गिरि वचाउ अभियान अन्तर्गत सहयोग रकम संकलन गरि आज औपचारीक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको हो । पौदिअमराईमा भएको कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले विदेशि भूमिमा पसिना संग साटेको रकम उठाउने कुरा सहज नभएको र मानविय नाताले आफ्नो खर्च कटाई सहयोग गर्ने सवै प्रति आभार व्यक्त गर्नुभएको थियो ।


सापकोटाले अभियानका संयोजक कृष्ण खत्रि र संचारमाध्ययमवाट घटनालाई वाहिर पुर्याउने आझेलका खवर संचालक पत्रकार प्रेम सुनारलाई धन्यवाद दिनुभएको थियो। २ वर्ष अगाडि सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका २२ वर्षिया कमल गिरिको भरतपुरमा रहेको चितवन मेडिकल उपचार भैरहेको र आर्थिक अभाव भएपछि कमल वचाउ अभियान सुरु गरिएको थियो । 

अभियानको तर्फवाट ४ लाख ७१ हजार वढि रकम वोल भएपनि ३ लाख ८१ हजार नगद जम्मा भएकोले सो रकम हस्तान्तरण गरिएको हो।

सो अभियान आझेलका खवर तथा पत्रकार प्रेम सुनार मार्फत सुभारम्भ गरिएको थियो। आझेलका खवर मार्फत गुल्मी तथा आसपासका क्षेत्रमा धेरै पिडितहरुले उपचार पाउँदै आएका छन् । 

कार्यक्रममा मुसिकोट नगरपालिकाका मेयर, उपमेयर, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, पत्रकार, स्थानिय वुद्धिजिवि लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम मुसिकोट नगरपालिका वडा नं. १ का अध्यक्ष पुर्ण वहादुर हितानको अध्यक्षता, पूर्व वडा नागरिक मंचका संयोजक इश्वरा गिरिको स्वागत मन्तव्य तथा शिक्षक दिपक गिरिको संचालनमा सम्पन्न भएको थियो ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन