२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव नभए विघटित संसद पुनर्स्थापित हुन्छ: प्रचण्ड

२०७४, ९ कार्तिक बिहीबार ०९:३१

कात्तिक ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन सार्ने काम गरिए विघटित संसद स्वतः पुनर्स्थापित हुने बताएका छन् । 

सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि प्रचण्डको यो अभिव्यक्ति आएको हो ।

बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अधुनिक नेपालको इतिहास’ विमोचन गर्दै प्रचण्डले भने, ‘मनोनयन गर्दा भइसकेको अवस्थामा निर्वाचन रोकियो भने संसद ब्यूँतिन्छ ।’

उनले अघि भने, ‘त्यसो भयो भने स्थिति जटिल हुन्छ । हामीलाई विश्वास छ सर्वोच्चले यो बुझ्नेछ ।’

यसैगरी मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र त्यसपछिको राजनीतिक अवस्थाबारेमा जानकारी दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने बताइएको छ ।

सर्वोच्चको आदेशबारे धारणा सार्वजनिक गर्न दिउँसो ४ बजे बुद्धनगरको अल्फाविटा पार्टी प्यालेसमा एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश