९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चुनाव नभए विघटित संसद पुनर्स्थापित हुन्छ: प्रचण्ड

९ कार्तिक २०७४, बिहीबार ०९:३१

कात्तिक ९, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  निर्वाचन सार्ने काम गरिए विघटित संसद स्वतः पुनर्स्थापित हुने बताएका छन् । 

सर्वोच्चले प्रदेश र प्रतिनिधिसभाको प्रत्यक्षतर्फ अलग अलग मतपत्र छाप्नु पर्ने आदेश दिएपछि प्रचण्डको यो अभिव्यक्ति आएको हो ।

बिहीबार माओवादी नेता लक्ष्मण पन्तको पुस्तक ‘अधुनिक नेपालको इतिहास’ विमोचन गर्दै प्रचण्डले भने, ‘मनोनयन गर्दा भइसकेको अवस्थामा निर्वाचन रोकियो भने संसद ब्यूँतिन्छ ।’

उनले अघि भने, ‘त्यसो भयो भने स्थिति जटिल हुन्छ । हामीलाई विश्वास छ सर्वोच्चले यो बुझ्नेछ ।’

यसैगरी मतपत्रका बारेमा बुधबार सर्वोच्च अदालतले दिएको आदेश र त्यसपछिको राजनीतिक अवस्थाबारेमा जानकारी दिन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धारणा राख्ने बताइएको छ ।

सर्वोच्चको आदेशबारे धारणा सार्वजनिक गर्न दिउँसो ४ बजे बुद्धनगरको अल्फाविटा पार्टी प्यालेसमा एमाले र माओवादीले संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो