९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश -२ मा एमाले र माओवादीवीच बराबरीको भागवण्डा (कसलाई कहाँ?)

१० कार्तिक २०७४, शुक्रबार १२:५७

कात्तिक १०, काठमाडौं । आगामी निर्वाचनको लागि बाम गठबन्धन अन्तर्गत एमाले र माओवादीवीच बराबर सिट बाँडफाँड गरिएको छ । प्रदेश नम्बर २ का ३२ सीटमध्ये एमाले र माओवादीबीच १२/१२ सिटमा सहमति जुटेको हो । बाँकी ८ सिट मध्ये १ सिट स्वतन्त्रलाई छाडिने र ७ सिटमा भने सहमति जुट्न बाँकी छ ।

प्रदेश नम्बर २ अन्तर्गत पर्ने सिराहामा दुबै दलले दुई/दुई सिटमा तालमेल गर्ने सहमति भएको छ । त्यस्तै धनुषामा रहेको ४ सिट मध्ये अहिलेसम्म तीन सिटमा कुरा मिलेको छ भने बाँकी १ सिटमा सहमति हुन बाँकी छ । धनुषा जिल्लामा एक सिट एमालेले लिएको छ भने दुई सिट माओवादीले लिएको छ ।

त्यस्तै सप्तरीमा ४ सिटमध्ये एमाले र माओवादीले एक/एक सिटमा सहमति गरेका छन् । सप्तरीमा एउटा सिट भने स्वतन्त्रलाई दिने सहमति भएको छ भने एक सिटमा सहमति हुन बाँकी नै छ । त्यस्तै अर्को जिल्ला महोत्तरीमा पनि माओवादीले २ सिट लिएको छ भने एमालेले १ सिट लिने सहमति भएको छ । यहाँ पनि एउटा सिटमा सहमति जुट्न बाँकी छ ।

त्यस्तै सर्लाही जिल्लामा पनि एक सिट एमालेले र दुई सिट माओवादीले पाउने सहमति भएको छ । एक सिटमा भने सहमति जुट्न बाँकी छ । उता रौतहटका ४ सिटमध्ये दुबै दलले दुई/दुई सिट बाडेका छन् । 

त्यस्तै बारा जिल्लाको ४ सिट मध्ये एक/एक सिटमा सहमति जुटेको छ भने बाँकी दुई सिटमा सहमति जुटेको छैन । उता पर्सामा भने एमालेले ३ सिट लिएको छ भने माओवादीले १ सिट लिने सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो