२०८२, ६ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश -२ मा एमाले र माओवादीवीच बराबरीको भागवण्डा (कसलाई कहाँ?)

२०७४, १० कार्तिक शुक्रबार १२:५७

कात्तिक १०, काठमाडौं । आगामी निर्वाचनको लागि बाम गठबन्धन अन्तर्गत एमाले र माओवादीवीच बराबर सिट बाँडफाँड गरिएको छ । प्रदेश नम्बर २ का ३२ सीटमध्ये एमाले र माओवादीबीच १२/१२ सिटमा सहमति जुटेको हो । बाँकी ८ सिट मध्ये १ सिट स्वतन्त्रलाई छाडिने र ७ सिटमा भने सहमति जुट्न बाँकी छ ।

प्रदेश नम्बर २ अन्तर्गत पर्ने सिराहामा दुबै दलले दुई/दुई सिटमा तालमेल गर्ने सहमति भएको छ । त्यस्तै धनुषामा रहेको ४ सिट मध्ये अहिलेसम्म तीन सिटमा कुरा मिलेको छ भने बाँकी १ सिटमा सहमति हुन बाँकी छ । धनुषा जिल्लामा एक सिट एमालेले लिएको छ भने दुई सिट माओवादीले लिएको छ ।

त्यस्तै सप्तरीमा ४ सिटमध्ये एमाले र माओवादीले एक/एक सिटमा सहमति गरेका छन् । सप्तरीमा एउटा सिट भने स्वतन्त्रलाई दिने सहमति भएको छ भने एक सिटमा सहमति हुन बाँकी नै छ । त्यस्तै अर्को जिल्ला महोत्तरीमा पनि माओवादीले २ सिट लिएको छ भने एमालेले १ सिट लिने सहमति भएको छ । यहाँ पनि एउटा सिटमा सहमति जुट्न बाँकी छ ।

त्यस्तै सर्लाही जिल्लामा पनि एक सिट एमालेले र दुई सिट माओवादीले पाउने सहमति भएको छ । एक सिटमा भने सहमति जुट्न बाँकी छ । उता रौतहटका ४ सिटमध्ये दुबै दलले दुई/दुई सिट बाडेका छन् । 

त्यस्तै बारा जिल्लाको ४ सिट मध्ये एक/एक सिटमा सहमति जुटेको छ भने बाँकी दुई सिटमा सहमति जुटेको छैन । उता पर्सामा भने एमालेले ३ सिट लिएको छ भने माओवादीले १ सिट लिने सहमति जुटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा विश्वप्रकाश शर्माले पार्टी पराजय हुनुमा चरम गुटबन्दी र चरम वितृष्णा भएको उल्लेख गरे सहकारीमा बचत गरेको रकम फिर्ता माग्दै सहकारी पीडित प्रदर्शनमा स्रोत नखुलेको २० लाख बढी रकम सहित एक जना पक्राउ कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु प्रधानमन्त्री कार्कीले गरिन् जानकी मन्दिरकाे दर्शन सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते गगन थापा केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने इरान युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो सुनको मूल्यमा भारी गिरावट धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश